Like us!
Follow us!
Connect us!
Watch us!

आइपीएल क्रिकेट : कोलकतामाथि लखनऊको जित

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, ०७ : २६ मा प्रकाशित

आइपीएल क्रिकेट : कोलकतामाथि लखनऊको जित

इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनऊ सुपर जायन्ट्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा लखनऊले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो । 

कोलकाताको इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि युवा खेलाडी मुकुल चौधरीले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै बदलि दिए । चौधरीले केवल २५ बलमा अर्धशतक बनाउँदै अविजित ५४ रन बनाए । उनलाई आयुष बडोनीले ५४ रन बनाएर राम्रो साथ दिए ।

यस अघि पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । कोलकाताका लागि अंगकृष रघुवंशी ले ४५ रन र अजिंक्य रहाणेले ४१ रन बनाए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको