अन्य क्षेत्रबाट कर्जाको माग सुस्ताएसँगै नेपालका वाणिज्य बैंकहरूले सेयर बजारमा आफ्नो लगानीलाई आक्रामक रूपमा विस्तार गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांक अनुसार सञ्चालनमा रहेका २० मध्ये १९ वटा वाणिज्य बैंकले कुल १ खर्ब ३५ अर्ब ९ करोड ७२ लाख रुपैयाँ सेयर लोन (मार्जिन कर्जा) प्रवाह गरेका छन्। यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४०.१५ प्रतिशतले बढी हो। गत वर्षको फागुनसम्म बैंकहरूले ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ मात्र सेयर कर्जा दिएका थिए।
यस अवधिमा नबिल बैंक सेयर कर्जा प्रवाह गर्नेमा सबैभन्दा अगाडि देखिएको छ। नबिलले १७ अर्ब ४६ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.३१ प्रतिशतको बढी हो। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले आफ्नो कर्जा २०.२५ प्रतिशतले बढाएर १३ अर्ब ४२ करोड ७० लाख रुपैयाँ पुर्याएको छ भने कुमारी बैंक १० अर्ब ५१ करोड ९७ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ। वृद्धिदरका हिसाबले भने एनएमबि बैंक सबैभन्दा अगाडि देखिएको छ।
समीक्षा अवधिमा कुल १६ वटा बैंकको सेयर कर्जा बढेको देखिए पनि केही बैंकहरूले भने आफ्नो लगानी घटाएका छन्। नेपाल बैंकको १०.५० प्रतिशत, प्राइम कमर्सियल बैंकको १३.९० प्रतिशत र सिटिजन्स बैंकको ८.८४ प्रतिशतले सेयर लोन घटेको छ। नेपाल एसबीआई बैंक सबैभन्दा कम सेयर लोन प्रवाह गर्ने बैंक बनेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा हालसम्म कुनै पनि कर्जा प्रवाह गरेको छैन।
कसले कति दिए सेयर लोन ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस