Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनका कारण फसेका विदेशी पर्यटकहरु स्वदेश फर्किए ?

सोमबार, २४ चैत्र २०७६, ०४ : ३२ मा प्रकाशित

लकडाउनका कारण फसेका विदेशी पर्यटकहरु स्वदेश फर्किए   ?

सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको हुपेई प्रान्तको राजधानी वुहानमा पहिलोपटक देखा परेको नोबेल कोरोनाभाइरस डिजिज–२०१९ (कोभिड–१९) ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि र (कोभिड–१९) रोगको संक्रामक भाइरसले नेपाललाई पनि अत्यधिक प्रभावित पार्ने संभावना देखिएपछि नेपाल सरकारले नेपाललाई पनि चैत ११ देखि चैत १८ गतेसम्म एक हप्ता ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । पहिलो ‘लक डाउन’को अवधि नसकिदै नेपाल सरकारले फेरि चैत २५ सम्मको लागि दोस्रोपटक ‘लक डाउन’ थप्ने घोषणा गरेपछि नेपालको विभिन्न पर्यटकीयस्थल (ठाउँ) मा के होला ? कसो होला ? भनी पर्खी बसेका विदेशी पर्यटकहरुको उद्वार कार्य सुरु भएको थियो ।
हुन त नेपाल सरकारले एक हप्तासम्म ‘नेपाललाई लक डाउन’ गर्ने घोषणा लागू गर्नु÷हुनुअघि नेपालको विभिन्न क्षेत्रमा घुम्न गएका विश्वका विभिन्न देशका पर्यटकहरु कति संख्यामा बाँकी छन् ? त्यसरी नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न गएका विदेशी पर्यटकहरुमध्ये कहाँ कति संख्यामा रहेका छन् ? उनीहरुको अवस्था कस्तो छ ? उनीहरु फर्केर पोखरा वा काठमान्डौ कहिले आई पुग्छन् ? उनीहरुमध्ये कति जना भिसा थपेर नेपालमै बस्न चाहन्छन् ? कति जना आप्mनो देश फर्कन चाहन्छन् ? सोधखोज गरेर लगत राखेको थिएन । त्यसैले ‘नेपाललाई लक डाउन’ गर्नुअघि नेपालको विभिन्न क्षेत्रमा घुम्न गएका जस्तै नेपालको पूर्वी भागमा रहेको कञ्चनजंघा (सेवालुङ–सेन्छेलुङ लिम्बु भाषामा ), कुम्भकर्ण (फक्तालुङ लिम्बु भाषामा) र लुम्बासुम्बा क्षेत्र, मकालु (कुलुङ भाषामा सेसेलुङ) क्षेत्र, सोलुखुम्बुको कालापत्थर, सगरमाथा बेस क्याम्प, गोक्यो–री, रिन्जोला–पास, थामे लगायत विभिन्न क्षेत्र, दोलखाको गौरीशंकर र टाशी लाप्चा पास क्षेत्र, सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र, रसुवाको गोसाईकुन्ड, लाङटाङ र तामाङ सम्पदा मार्ग (तामाङ हेरीटेज ट्रेल) क्षेत्र, गोरखाको चुम भ्याली र मनास्लु क्षेत्र मनाङको नार, फु र थोराङ पास, मुस्ताङको माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्र, डोल्पाको तल्लो र माथिल्लो डोल्पा क्षेत्र, हुम्लाको सिमकोट, यारी लगायत क्षेत्रमा भ्रमण गर्न गएका पर्यटकहरुका बारेमा पछिल्लो र ताजा तथ्यांक सायद नेपाल सरकारसँग थिएन । त्यसैले अन्यत्र नभए पनि डोल्पाको माथिल्लो डोल्पा क्षेत्र र हुम्लाको यारी लगायत विकट क्षेत्रमा भ्रमण गर्न गएका केही विदेशी पर्यटकहरु अभैm पनि बाँकी रहेको हुन सक्छ (संभवतः अब त ती क्षेत्रमा विदेही पर्यटक फसेका छैनन् होला ! भन्न सकिन्छ) । हुन त यस बारेमा गृह मन्त्रालयको मातहत रहेको अध्यागन विभागलाई वास्तविकता थाहा हुन सक्छ । किनभने, यी क्षेत्रमा भ्रमण गर्न जान चाहने विदेशी पर्यटकहरुलाई अन्य पर्यटकीय क्षेत्रमा भन्दा केही महँगो शुल्क लिएर ‘स्पेसल परमिट’ जारी गर्ने काम अध्यागन विभागले नै गर्ने गर्छ ।  
त्यसैले नेपाल सरकारले चैत ११ देखि चैत १८ गतेसम्म एक हप्ता ‘लकडाउन’ गर्ने घोषणा गरेपछि पनि नेपालको विभिन्न पर्यटकीय स्थलमध्ये केही ठाऊँमा अपवादको रुपमा अभैm केही विदेशी पर्यटकहरु बाँकी रहेको हुन सक्छ भन्ने यो पंक्तिकारको जिरह हो । खैर, त्यसरी अझै विदेशी पर्यटकहरु फसेका भए अभैm पनि हामीले निःस्वार्थ भावले तदारुकताका साथ त्यसरी फसी रहेका विदेशी पर्यटकहरुलाई उद्धार गर्ने नै छौं भन्ने प्रण गरौं । जे भए तापनि हाल विश्वभरि नै महामारीको रुपमा पैmली रहेको (कोभिड–१९) रोगको संक्रमणले नेपालमा साँच्चै महामारीको रुप नलियोस् भन्ने दूर–दृष्टिका साथ नेपाल सरकारले चैत ११ देखि चैत १८ गतेसम्म एक हप्ताका लागि भनी लागू गरेको ‘लकडाउन’लाई चैत २५ गतेको मध्य रातसम्मको अवधि पनि सकिनै (२ दिन बाँकी) लागेको छ । सरकारको सो कदमलाई हरेक दृष्टिले हेर्दा धेरै राम्रो कदम हो भन्न सकिन्छ । किनभने, मान्छे भएर जन्मी सकेपछि ‘दो बारको जुनीमा (एक पटक जन्मन र अर्को पटक मर्न !) बाँचिए छ भने नै बाँकी सन्सार देखिने छ !’ भन्ने यो पंक्तिकारलाई लाग्छ ।
यसरी नेपाल सरकारले चैत ११ देखि चैत १८ गतेसम्म एक हप्ता ‘लकडाउन’ लागू गरी सकेपछिको बीचको समयमा नेपालको विभिन्न पर्यटकीय स्थलमा बसेका वा फसेका विदेशी पर्यटकहरु, जस्तै मनाङ, मुस्ताङको जोमसोम, कास्कीको पोखरा, ताप्लेजुङको फुङलिङ–सुकेटार, सोलुखुम्बुको लुक्ला र सल्लेरी आदि ठाउँबाट यही चैतको ११–१२ गतेदेखि १५–१६ गतेसम्म लगभग १ हजार विदेशी पर्यटकहरुलाई उद्धार गरेर काठमान्डौ ल्याएको थियो भने उनीहरुमध्ये केही बाहेक अधिकांश आ–आप्mनो देशतर्पm उडी सकेका छन् । (चैत २१÷२२ सम्म पनि हामीले विदेशी पर्यटकहरुलाई उद्वार र एक ठाऊाबाट अर्को ठाऊँमा स्थानान्तर गर्यौं ।) यसरी नेपाल सरकारले एक हप्तासम्म ‘लक डाउन’ गर्नुअघि नेपाल घुम्न आएका र नेपालको विभिन्न क्षेत्रमा फसेका मध्ये अधिकांश विदेशी पर्यटकहरुमा जर्मनी, फ्रान्स, बेलायत, अष्ट्रेलिया, रुस, नेदरल्यान्ड, क्यानडा, चेक गणतन्त्र आदि देशका पर्यटकहरु धेरै संख्यामा थिए । उनीहरुमध्ये गत चैत १६ देखि २२ सम्ममा २७०० भन्दा बढी विदेशी पर्यटकहरु आ–आप्mनो देश फर्की सकेका छन् । स्मरणीण छ खास गरेर जर्मनी, फ्रान्स, चेक गणतन्त्र, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका आदि देशका सरकारले आप्mनो फर्कन चाहने नागरिकहरुलाई कतार एयरवेज, मलेसियन एयरलाइन्स, मालिन्डो एयर, नेपाल वायुसेवा निगम (एनएसी) को हवाईजहाज रिजर्भ गरेर स्वदेश फर्काएको थियो ।
त्यस्तै नेपाल घुम्न आएका र नेपालको विभिन्न क्षेत्रमा फसेका मध्ये जो विदेशी पर्यटकहरु नेपालमै बस्न चाहन्थे उनीहरुलाई पनि नेपालले आप्mनो बल–बुता र क्षमताले भ्याएको र सकेसम्म राम्रो व्यवस्थापन गरेर राखेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको