साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.७१ अंकले बढेर २६६१.७० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ वटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
त्यस्तै आजको उक्त सेसनमा सेनसेटिभ इन्डेक्स पनि ०.९२ अंकले बढेर ४५८.४५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ६६ कम्पनीका ४ हजार ७६८ कित्ता सेयर १३० पटक खरिद बिक्री हुँदा हुँदा १६ लाख ३२ हजार ९३९ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस