Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले गम्मा गर्‍यो आफ्ना सेयरधनीको खातामा लाभांश

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १० : ३१ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले गम्मा गर्‍यो आफ्ना सेयरधनीको खातामा लाभांश

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ । बैंकले मंसिर ६ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरेको हो । 

बैंकको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो । डिम्याट खातामा बैंक खाता अद्याधिक भएको सेयरधनीहरूलाई मंसिर ७ गतेदेखि नगद लाभांश पठाउन शुरू गरिएको बैंकले जनाएको छ ।  साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र अध्यावधिक गर्न आग्रह गरेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको