Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

निशा हुमाँगाई

मंगलबार, २५ चैत्र २०७६, ०९ : ३६ मा प्रकाशित

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।

त्यस्तै, यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत्र ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको