बिश्व नै कोरोना भाइरस कोभिड १९ को महामारीमा पररिहेको बेला नेपाल पनि अछुत रहन सकेन । यसको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा पनि कोरोनाको संक्रमित देखा पर्यो भने सरकारले देशमा लकडाउन लागू गर्यो । कोरोना भाइरसको औषधि नभएकोले कोरोनाबाट बच्न औषधिको रुपमा बिश्वले नै लक डाउनलाइ नै उपचारको रुपमा लिएका छन् ।
कोरोना भाइरस संक्रिमितहरु लाखौको रुपमा देखा परेका छन भने बिश्वमा यसबाट दिनहु हजारौको सख्यामा मानिसहरु मर्ने गरेका छन । यसकारणले कोरोना भाइरस एकबाट अर्कोमा नसरोस भन्नको लागि नेपालमा पनि लकडाउन गरेको हो । त्यसो त, नेपालमा कोरोना संक्रमित त्यति नदेखे पनि यसको त्रास भने रहेका छन् । त्योत नेपालमा कोरोनाको त्रास बढ्नमा सरकारको पनि लापरवाहि र बेलैमा बृद्धि नपुर्याएकोले हो भनेर पनि भन्ने गरेका छन् ।
यदि समयमा नै अन्तर्राष्ट्रिय उडानहरु र सिमा नाकाहरु बन्द गरेको भए त्यसैगरि बिदेशबाट आएकाहरुलाइ एरपोर्टमा नै राम्ररी स्वास्थ्य परिक्षण गरेर सिधै क्वारेनटाइनमा राखेको भए नेपालीहरुमा त्यति त्रासमा बस्न नपर्ने थियो कि ? । नेपालमा कोरोनाको संक्रमित सबै बिदेशबाट आएकाहरु मात्र हो भन्दा पनि फरक नपर्ला । तर, पनि ढिलै भए पनि देशमा लकडाउन गरेकोलाइ भने सकारात्मक रुपमा लिन पर्ने हुन्छ । त्यसोत लक डाउनको समयमा केहि मन्त्रिहरुको कामको आलोचना पनि भए गरे यिनिहरुले सरकारको समेत बदनाम गरे भनेर पनि चर्चाहरु चले भए ।
तर पनि अहिलेको समय भनेको सरकारको आलोचना मात्र गर्ने पनि होइन कोरोना भाइरसलाइ रोक्नको लागि फैलिन नदिनको लागि सरकारले गरेको कामलाइ सबैले सहयोग गर्नु पनि हो । कतिपय सरकारले गरेको कामलाइ सकारात्मक रुपमा पनि लिने गरेका छन् ।
बिश्वमा नै फैलिएको कोरोनाको कहरले बिश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने देखिन्छ । बिश्व बैंकको भनाइ अनसार बिश्वको अर्थतन्त्र सामान्य रुपमा आउनको लागि कम्तिमा पनि बर्ष दिन लाग्ने छ भनेर भन्नेका छन् । यसले नेपालको अर्थतन्त्रमा पनि असर गर्ने त देखिन्छ नै । लक डाउनको समयमा देशमा आर्थिक गतिबिधि प्राय शुन्य भन्दा पनि फरक नपर्ला । यसको प्रभाब शेयर बजारमा पनि परेको छ । पुँजी बजारलाइ देशको अर्थतन्त्रको एउटा पाटोको रुपमा लिने गरिन्छ । पुँजी बजारले देशको लागि पुँजीको जोहो गर्ने गरिन्छ ।
कोरोना भाइरसको असर नेपालको पुँजी बजारमा पनि परेको छ । बिगत ३ बर्ष देखि शेयर बजार बियरिस ट्रेण्डमा रहेको मा पछिल्लो केहि समयमा शेयर बजार बुलिस ट्रेण्डको बाटोमा लागेको जस्तो देखिएकामा कारेरोना भाइरसको कारणले शेयरबजार फेरि ओरालो लागेको देखिन्छ भने अर्कोतिर नेपाल पुनर्बिमा कम्पनिको प्राथमिक शेयर बाँडफाँडमा पनि असर गरे । यसको बाँडफाँड समत हुन सकेन । नेपाल पुनर्बिमा कम्पनिको प्राथमिक शेयरमा लगानिकर्ताहरुको ३ अर्ब भन्दा बढी रकम ब्लक भएको छ । संकटकोे बेला लगानिकर्ताहरुको अर्बै रुपियाँ ब्लक भइ दिँदा कतिपय लगानिकर्ताहरुलाइ समस्यामा परेका पनि छन ।
देश कोरोनाको चपेटामा परिरहेका बेला आफ्नो र अरुको स्वास्थ्यको चिन्ता लिने बेलामा कसैलाइ शेयरको चिन्ता भनेर कसलाइ के को धन्दा घर ज्वाइँलाई खानका धन्दा भनेर ब्यङ्ग पनि गर्ने गरेका छन ।
नेपाल पुनर्बिमा कम्पनिले १ अर्ब ६० करोड रुपियाँ बराबरको प्राथमिक शेयरको लागि दरखास्त आब्हान गरेको थियो । जसमा ५ अर्ब रुपियाँ भन्दा बढिको आबेदन परेको थियो यस हिसाबले लगानिकर्ताहरुको ३ अर्ब भन्दा बढि रकम ब्लक भएको थियो । त्यसोत कतिपयको भनाइमा नेपाल पुनर्बिमा कम्पनिको आइपिओ बाँडफाँड गर्ने तयारि नै भइसकेकोले बाँडफाँड गरे पनि केहि फरक नपर्ने बताउँछन लक डाउनको समयमा पनि केहि बैंक तथा बित्त कम्पनिहरु खुले पनि छन् भने संचार माधयमहरु प्नि सबैजसो सचालनमा नै छन ।
अहिले डिजिटलको जमाना भएकोले रोक्न नपर्ने बताउँछन कतिपय सरोकारवालाहरु । तर कतियको भनाइमा भने देश कोरोनाको चपेटामा परिरहेका बेला आफ्नो र अरुको स्वास्थ्यको चिन्ता लिने बेलामा कसैलाइ शेयरको चिन्ता भनेर कसलाइ के को धन्दा घर ज्वाइँलाई खानका धन्दा भनेर ब्यङ्ग पनि गर्ने गरेका छन ।
त्यसैगरि कोरोना भाइरसको कारणले चैत्र महिनामा गर्ने भनेका धेरैजसो कम्पनिहरुको साधारणसभाहरु स्थगित भएका छन् । केहि साधारणसभाहरु २५ जना भन्दा बढि जम्मा हुन नपाइने नियमले गर्दा केहि साधारणसभाहरु स्थगित भएका छन । फागुन २७ गते गर्ने भनेको ङाडि पावर कम्पनिको बार्षिक साधारणसभा त्यसैगरि चैत्र ७ गते हुने भनेको अपि पावरको बार्षिक साधारण सभा त्यसैगरि चैत्र १० गते हुने भनेको सिटिजन्स बैंकको बिशेष साधारण सभा त्यसैगरि चैत्र १० गते नै गर्ने भनेको सहयोगि बिकाश बैंकको बार्षिक साधारणसभाहरु स्थगित भएको थियो ।
त्यसैगरि चैत्र ११ गते देखि देशभर लक डाउन गरेको कारणले चैत्र १४ गेत गर्ने भनेको सेन्चुरी कमर्सियल बैंकको बार्षिक साधारणसभा त्यसैगरि चैत्र १६ गते गर्ने भनेको स्वरोजगार को बिशेष साधारणसभा १७ गते गर्ने भनेको वोमी लद्युबित्तको र दिब्य लद्युबित्तको साधारणसभा त्यसैगरि २१ ग्ते गर्ने भनेको नेपाल इन्स्योरेन्सको साधारणसभा र मिर्मिरे लघुबित्तको बिशेष साधारण सभा त्यसैगरि महिला सहयात्रि लद्युबित्तले २२ गते गर्ने भनेको साधारण सभा त्यसैगरि एक्सेल डेभलपमेण्ट बैंकले चैत्र २० गते गर्ने भनेको साधारणसभा लकडायनको कारणले स्थगित भएका थिए ।
त्यसैगरि चैत्र २६ गते गर्ने भनेको एनएमबि लद्युबित्तको साधारणसभा त्यसै गरी जन उत्थान लद्युबित्तले २७ गते गर्ने भनेको साधारणसभा त्यस्ौगरि सिद्धार्थ इन्स्योरेन्सले २८ गते गर्ने भनेको साधारण सभा र सप्तकोशि डेभलपमेण्ट बैंकले चैत्र ३० गते गर्ने भनेको साधासणसभा पनि लकडाउनले गर्दा अन्यालमा छन ।
त्यसोत कम्पनि ऐन अनुसार पब्लिक लिमिटेड कम्पनिहरुले एक आर्थिाक बर्षको बार्षिक साधारण सभा त्यस आर्थिाक बर्षको पौष मसान्त भित्र गर्नु पर्ने नियम ब्यबस्था गरेको छ । तर, पनि कतिपय कम्पनीहरुले यसको पालना नगरेको जस्तो पनि देखिन्छ । समयमा नै नियम अनुसार बार्षिक साधारणसभा गरेको भए अहिले यस्तो समस्या नआउने थियो कि ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस