Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाको IPO बाडफाँड, कसले कति पाए ?

निशा हुमाँगाई

बुधबार, २६ चैत्र २०७६, ०९ : २० मा प्रकाशित

नेपाल पुनर्बीमाको IPO बाडफाँड, कसले कति पाए ?

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (चैत्र २६ गते, बुधबार) भएकाे छ । बुधबार बिहान ७ः३० बजे आरबीबी मर्चेन्ट बैंकिङकै कार्यालय, टेकुमा उक्त आइपीओकाे बाँडफाँड गरिएकाे हाे । 

 कम्पनीले चैत्र ४ गते मंगलबारदेखि  १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको थियाे । कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हाे । जसमा निष्कासन गरिएकाे अन्तिम दिन अर्थात चैत्र ७ गते शुक्रबारसम्म ५ करोड ४७ लाख ४९ हजार ४९० कित्ताको लागि आवेदन परेको थियाे । 

महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस् (भिडियोवार्ता)

यसैगरी, उक्त आइपीओमा ३ लाख ९० हजार ६ सय ३८ आवेदन स्वीकृत गरिएको थियो । जसमा २७ हजार ७ सय ४८ जनाले १० कित्ताका लागि, १५ हजार ५ सय ९० जनाले २० कित्ताको लागि, १२ हजार ७ सय २३ जनाले ३० कित्ताका लागि र २० हजार ९ सय २९ जनाले ४० कित्ताका लागि आवेदन दिएका थिए । ती सबैलाई माग गरे बराबरकै शेयर वितरण गरिएको बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएकाे छ । 

कस्तो कम्पनीको शेयरमा लगानी गर्ने र प्रोफिट बुक कसरी गर्ने ?(भिडियोवार्ता)

त्यसैगरी, ५० कित्ता वा सोभन्दा बढी शेयर माग गर्ने बाँकी ३ लाख १३ हजार ६ सय ४८ आवेदकमध्ये सबैलाई ४० कित्ता शेयर वितरण गरिएको छ । यस्तै, बाँकी शेयरलाई गोला प्रथाद्वारा बाँडफाँड गरिएकोमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका बिक्री प्रबन्धक आरबिबि मर्चेण्टले जानकारी दिएकाे छ । 

शेयर बजारबाट पैसा कमाउने विश्लेषक विष्णु प्रसाद बस्यालको सूत्र : 'शेयर बजारसँग फ्लट मात्र गर्ने, विहे नगर्ने' (भिडियोवार्ता) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको