बैंकमा काम गर्ने मान्छे भएकोले मलाई आफन्त तथा ग्राहक महानुभावहरुले यो महिनाको कर्जाको व्याज तिर्नु पर्छ कि पर्दैन भनेर सोध्नु हुन्छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीको यो विषम परिस्थितिमा सवै उद्योग, कलकारखाना र व्यापार व्यवसाय ठप्प भएको र श्रम वजार पनि बन्द भएको दुखको यो समयमा मलाई यसको जवाफ दिन सजिलो लाग्दैन ।
प्रतिकुल समयको कारण सरकारले घोषणा गरेको राहत कार्यक्रम अन्तर्गत बैंकहरुले कर्जाको किस्ता भुक्तानि गर्ने समयावधी असार माहिनामा सार्ने र किस्ता नतिरेको आधारमा विलम्व शुल्क नलिने तथा कसैले किस्ता तिर्न आएमा किस्तासँगै तिरेको व्याजमा १० प्रतिशत छुट दिने भनेको छ ।
यसको मतलव व्याज तिर्नु नपर्ने वा कुनै मिनाह भएको अवस्था होइन । अहिले व्याज नतिरेर वस्दा पछि एकमुष्ट तिर्नु पर्छ । यसले आर्थिक भार एकैचोटी पर्दछ । त्यसैले म उहाँहरुलाई केही सुझाव दिन चाहान्छु ।
१. विद्यमान व्यवस्था अनुसार कर्जाको व्याजमा कुनै सहुलिएत दिने नीति नभएको र अहिले तिर्न नसक्ने अवस्थामा असार महिनासम्म विलम्व शुल्क नलिने मात्र भनिएकोले अनुकुलता छ वा व्याज तिर्ने क्षमता छ भने तिरेकै राम्रो हो जस्तो लाग्छ ।
२. एकैचोटी २ वा ३ महिनाको व्याज तिर्दा पर्ने आर्थिक भारलाई आकलन गरि तिर्नुपर्ने दायित्व नपन्छाउँदा आफ्नो वित्तिय व्यवस्थापन गर्न सजिलो हुने देख्छु ।
३. अहिलेको अवस्था लम्विएर भोलि सरकारले कुनै राहतको कार्यक्रम ल्याएको खण्डमा अहिले तिर्नेले पनि त्यो सुविधा पाउने देख्छु । त्यसैले सकिन्छ भने तिरेर वसेकै राम्रो हुन्छ होला ।
४. भोलि महामारी फैलिएर मानविय क्षतिहरु हुन थाल्यो भने सरकारको प्राथमिकता र जिम्मेवारी अर्थतन्त्र भन्दा स्वास्थ र अन्य आधारभूत क्षेत्रमा केन्द्रीत भै अपेक्षित सुविधा नपाईन सक्छ । त्यसैले अहिले ऋण नतिरी वस्दा आर्थिक दायीत्व थपिदै जाने जिखिम हुन सक्छ ।
५.लकडाउनको यो विषम परिस्थितिमा क्षमता भएर पनि बैंकसम्म पुग्न कठिन छ । यसमा केही सहजताको आगामि चैत्र ३० गते बैंकका सवै शाखाहरु खुल्ने भएकोले पायक पर्ने शाखामा गएर वा डिजिटल प्रविधी प्रयोग गरेर व्याज तिर्न सकिने अवस्था छ ।
यी मेरा स्वविचार हुन् । अहिले हाम्रो प्राथमिकता भनेको स्वस्थ रहनु र सरकारको निर्देशन पालना गरेर घर बाहिर ननिस्कनु नै हो । स्वस्थ रहौ, महामरीलाई जित्न सकौ र साथसाथै भोलिको लागि सोचौ !
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस