Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना काेषमा सिटिजन लाइफद्वारा ७ लाख ५० हजार सहयोग

निशा हुमाँगाई

बुधबार, ०३ बैशाख २०७७, १४ : ५७ मा प्रकाशित

काेराेना काेषमा सिटिजन लाइफद्वारा ७ लाख ५० हजार सहयोग

अर्थ संसार, काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस  संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

अहिलेको यस विषम परिस्थितिमा सहयोगको पाइला अघि बढाउँदै कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस  संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हाे ।

साथै कम्पनीसँगको   समन्वयमा कम्पनीको शाखा कार्यलयहरूले स्थानिय निकायसँग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको कम्पनीले जानकारी दिएकाे छ ।

 विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तर रूपमा प्रयास गरिरहेको यस समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भए पनि मद्दत पुग्ने कम्पनीले आशा गरेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको