अर्थ संसार, काठमाडौं – विश्वभर फैलिएको कोभिड–१९ का कारण अहिले देशभर लकडाउनको अवस्था छ र अहिलेको यस परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि सबै घर बस्न बाध्य भएका छन् ।
अहिलेको परिस्थितिमा विधार्थीहरूको पढाई निकै प्रभावित भएको देखिन्छ र यसै समयको सदुपयोग गरी भविष्यकालागि तयार हुनको निमित्त Neosphere ले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग कक्षाहरू संचालन गर्देछ । सबै उमेर समूहका विधार्थीलाई हुने गरी Programming र Graphic Designing मा केन्द्रित भएर संचालन हुने उक्त कक्षाहरूमा १००० विधार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध गराउनेछ ।
ईच्छुक विधार्थीहरूले Neosphere को Website www.neosphere.com.np मा गएर रजिष्ट्रर गर्न सक्नेछन् ।
त्यस्तै, शिक्षण क्षेत्रको माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पुर्याउनका निमित्त गोल्छा अर्गनाइजेशनद्वारा स्थापित Neosphere ले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आईटि सम्बन्धि विभिन्न शिपमूलक शिक्षाहरू उपलब्ध गराउँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस