-कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, शेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो ... जस्ता तनाब दिने कुरा नगरौं । यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए । भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन । नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन । यो संकट पार गरेपछि बरु दिनमा १६ घण्टा काम गरौंला । झन्डै बिस हजारको मृत्यु र १० बर्ष चलेको द्वन्द्वमा पनि हाम्रो अर्थतन्त्र सम्हालिएको तथ्य नबिर्सौं ।
- भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र औषधि नपाएर मरिन्छ भन्ने जस्ता कुरा पनि नगरौं । नाकाबन्दीमा बाँचेका थियौं । औषधिको केमिकल चीनबाट ल्याउने हो भारतले पनि । हामीले सिधै चीनबाट ल्याउन सकिन्छ । नेपालमा सयौं औषधि कम्पनी छन्, उनीहरुले आफ्नो ब्यबसाय गर्नेछन । त्यस्तै हामीले ग्यास नपाए बिजुली, दाउरा, गुंइठा बालेर पनि काम चलाउन सक्छौं । बिद्युत उत्पादन र वितरणमा काम गर्यौं भने हामीलाई ग्यास सिलिन्डर नभएपनि काम चल्छ।नेपाल कृषिप्रधान देश हो । गाउँ पुरै बाँझो छ, गाह्रो पर्यो भने हामीहरु खेतीपाती गरेर, अर्गानिक खाना खाएर तथा गाउँ आवाद गरेर झन् आत्मनिर्भर हुनेछौं ।
- लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं । खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ ।
- कोरोना फैलियो भने बिकसित देशमा लाख भन्दा धेरै मान्छेको मृत्यु भयो भने हाम्रो के गति होला भनेर चिन्ता नगरौं । मर्न त्यति सजिलो छैन । संसार कोरोनाले पीडित हुँदा हामी सुरक्षित हुनु संयोग मात्र हैन । हाम्रो हावापानी, खानपिन, रहनसहन कोरोना प्रतिरोधी छ । हामीकहाँ ४ -६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन । लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु र भेन्टिलेटरमा बस्नुपरेको छैन ।उनीहरु दालभात, तरकारी खाएर तथा आफन्तसंग फोनमा कुरा गरेर अस्पतालमा बसेका छन् ।
- सरकारले केहि गर्दैन, भ्रस्ट्राचार मात्र गर्छ भनेर निरासाको व्यापार नगरौं । सरकारले लकडाउन नगरेको भए स्थिति अर्कै हुनसक्थ्यो । देशभर क्वारेन्टाइन, आइसोलेसन केन्द्र, अस्पतालमा बेडको क्षमता, एएभ् जस्ता अत्याबश्यक कुरामा प्रगति भएको छ । प्रहरी प्रशासन रातदिन खटेको छ । स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर काम गरिरहेका छन् । जटिल परिस्थिति आयो भने सरकारले तदनुसार काम गर्नेछ । यस्तो बेलामा कात्रोमा खल्ती सिलाउनेलाई अख्तियार, सिआइबि, चुनाब आदिले तह लगाउनेछन् । उनीहरुलाई पापले भतभती पोल्नेछ । नराम्रो गर्नेको कहिल्यै राम्रो भएको छैन ।
- सहरमा खान नपाएर तथा उपचार नपाएर धेरैजना मर्ने भए भएर निरुत्साहित गर्ने कुरा नगरौं । कोहि भोको र बिरामी भयो भने प्रहरी कार्यालय वा वडा कार्यालय जानु भयो भने भोक र ज्वरोले मरिने छैन । गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था छन्, स्वास्थ्यकर्मीले हप्तामा सातै दिन काम गरिरहेका छन् ।
- भारतमा कोरोना धेरै फैलियो भने इन्डियनहरु नेपाल आएर बर्बाद गर्छन भनेर पनि चिन्ता नगरौं । त्यो परिस्थिति देखियो भने सरकारले बोर्डर शिल गर्छ, मेचीदेखि महाकालीसम्म सुरक्षाकर्मी र स्थानीय जनताको गस्ती हुनेछ । आबश्यक परे सिमानामा कर्फ्यु लागु हुनेछ । हामी लाखौँ स्वयंसेवी जनताको स्वास्थ्य रक्षा गर्न सिमानामा उभिनेछौं -चिन्ता, तनाब, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक तथा इम्युनिटी प्रणालीमा नकारात्मक असर गर्दछ ।तसर्थ घरमै बसौं, स्वस्थ रहौं, मस्त रहौं । सकिन्छ आशाका किरण वितरण गरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस