Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १० : २५ मा प्रकाशित

दुई कम्पनीको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई स्टकको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५ हजार ५७१ रुपैयाँ ४७ पैसा कायम भएको छ भने प्रभु इन्स्योरेन्सको ६८८ रुपैयाँ १३ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको सेयर प्रतिकित्ता ६ हजार ३६५ रुपैयाँ ४० पैसा र प्रभु इन्स्योरेन्सको सेयर प्रतिकित्ता ७४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको