जीवन बीमा कम्पनीहरुले चैत महिनाका अन्तिम दुई दिन बीमालेख जारी गर्न नपाउने भएका छन् । जीवन बीमा कम्पनीहरुले २७ गते(आज)सम्म मात्र बीमालेख जारी गर्न पाउने भएका हुन् ।
सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेसँगै चैत ३० गते कुनै पनि बीमालेख जारी गर्न नपाउने भएका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकार गर्न नपाउने व्यवस्था गरेको छ । सरकारले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेसागै बीमा कम्पनीहरुले चैत महिनाका लागि आजसम्म मात्रै बीमालेख बिक्रि गर्न पाउने छन् ।
जीवन बीमा कम्पनीहरुले २९ र ३० गते भने कुनै पनि बीमालेख जारी गर्न पाउने छैनन् । नियामकीय एकीकृत सूचना प्रणाली (इन्स्योरेन्स रेगुलेटरी इन्फरमेसन म्यानेजमेन्ट सिस्टम, आईआरएमआईएस)ले बीमकबाट वास्तविक समयको कारोबार तथ्यांक संकलन गर्ने र पुरानो मितिमा हुने बीमा कारोबारमाथि निगरानी राख्ने गरेको छ ।
वास्तविक समयको कारोबार विवरण संकलन गर्न अयोग्य रहेका कारण प्राधिकरण बीमकले उपलब्ध गराउने बासी तथ्यांकमै पूर्ण निर्भर छ । यही कारणले प्राधिकरणले प्रत्येक त्रैमासमा २ देखि ३ दिनका दरले ४ वटा त्रैमासमा झन्डै ८ दिन बीमालेख बिक्रीमा रोक लगाइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस