Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना काेषमा आईएमई लाइफ इन्स्योरेन्सकाे ७ लाख ५० हजार सहयाेग

निशा हुमाँगाई

आइतबार, ०७ बैशाख २०७७, १४ : १४ मा प्रकाशित

काेराेना काेषमा आईएमई लाइफ इन्स्योरेन्सकाे ७ लाख ५० हजार सहयाेग

अर्थ संसार, काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सात लाख पचास हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । 

विश्वभर फैलिएको कोरोना भाईरस महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरस विरूद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने कम्पनीले आशा गरेको छ ।

त्यस्तै, यस सहयोगका साथै यस कम्पनीको क्षेत्रिय तथा शाखा कार्यालय मार्फत नेपालभरको विभिन्न अस्पतालहरूमा चिकित्सक र स्वास्थ्य कर्मीहरूलाई व्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पीपीइ (PPE) लगायतका सामानहरू समेत हस्तान्तरण गरिएकाे छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको