आज लभगभग साढे ३ महिनाभन्दा बढी भएको छ, चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाफैलनसुरु भएको ‘नोबेल कोरोनाभाइरस ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९’ (कोभिड–१९)’ नामक संक्रामक भाइरसले टाउको उठाएको ।
‘नोबेल कोरोना भाइरस डिजिज–२०१९’ (कोभिड–१९)’ नामक संक्रामक भाइरसले टाउको उठाएकको लगभग एक/डेढ महिनामै संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी घोषण गरेको थियो ।
हुन पनि हालैको ताजा तथ्यांकअनुसार संयुक्त राष्ट्र संघमा आवद्व भएका १९५ र अरु देशद्धारा शासित अन्य स–साना टापु देशरुहरु गरी विश्वका रहेका भनिएका २२० वटा देशमध्ये २१० वटा देशमा (कोभिड–१९) को महामारी भाइरसको संक्रमण पैmलिसकेको छ भने, हालसम्म विश्वका विभिन्न देशका लगभग २४ लाख ७ हजारभन्दा बढी मानिसलाई बिरामी बनाएको छ । त्यस्तै विश्वका विभिन्न देशका १ लाख ६५ हजारभन्दा बढी मान्छेहरुले आफ्नो अमूल्य ज्यान गुमाएका छन् । साथै ६गभग ५ लाख ९५ हजार २०० भन्दा बढी मान्छेहरु यो महामारीको उपचार गराएर र, पूर्ण रुपमा निको भएर घर फर्केका छन् । यो तथ्यांक सन् २०२०, अप्रिल २०, ग्रिनविच मिन टाइम (जिएमटी) ०५ः२७ बजे सम्मको हो ।
त्यसो त सुरुमा चीनमा मात्रै नोबेल कोरोनाभाइरस डिजिज–१९ (कोभिड–१९) रोग फैलदाकेही देशले खुच्चिङ भने झै गरेका थिए । तर, आज तिनै देशहरुलाई समेत कोरोनाभाइरस डिजिज–१९(कोभिड–१९)रोगले ग्रस्त बनाएको छ । तर, केही देशले भने, वेलैमा आफ्नो देशमा (नोबेल कोरोनाभाइरस डिजिज–१९(कोभिड–१९) रोग होस्, कि नहोस्, भविश्वलाई दृष्टिगत गरी पहिले नै सावधानी अपनाएकोले गर्दा हालसम्म पनि ती देशमा (कोभिड–१९) ले उनीहरुलाई सताएको छैन ।
यस्तो देशमा खास गरी सिंगापुर पर्छ । जसले वेला छँदै र नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् कोभिड–१९ रोगको संक्रमण आप्mनो देशमा फैललिनुभन्दा अघि नै पाइला चालीहालेको गर्दा पर्यटकीय र व्यापारिक देश भएर पनि आप्mनो देशमा ‘नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् कोभिड–१९ रोग’को संक्रमणले टाउको उठाउन पाएन । सुरुमा चीनमा मात्रै देखा पर्दा खास कसैले चासो नदिएको ‘नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् कोभिड–१९’ रोगको संक्रमणले अहिले १ सय ९३ देशमा आप्mनो पैmलावट देखाएको छ ।
मर्नदेखि कसलाई डर नलाग्दो हो र ? त्यसमाथि हामी नेपालीहरु ! त्यसैले नेपालको केन्द्रीय राजधानी काठमान्डौबाट ‘लकडाउन’अघि नै लभगभग ६ लाख मानिसहरु आ–आप्mनो थातथलो लागिसकेका थिए भने, भारतीय सीमा नाकाबाट पनि त्यही ताका डेढ लाखभन्दा बढी नेपालीहरु भित्रिएका थिए । लाग्छ, ती मानिसहरुले कोरोनाको कहर र संक्रामक भाइरसबाट बच्नका लागि गाउँ नै सुरक्षित हुन्छ ! भन्ठानेर गाउँ लागेका हुन् थिए ।
तर, आज ठूल–ठूला सहरबजारमा भन्दा गाऊँ–घर र सहरीकरण हुँदै गरेको स–साना बजार भएको÷रहेको वस्तीहरुमा नै (कोभिड–१९) को संक्रमण भएका व्यक्तिहरु बढी भेटिदै गरेको अवस्था छ । त्यसो त हामी नेपालीहरु जत्ति नै अज्ञानी र अल्पज्ञानी भए तापनि हामी नेपालीहरु आपूmलाई सर्वज्ञ, सर्वज्ञानी र अति जान्ने सुन्ने (अजासु) ठान्नुपर्र्ने ! त्यसैले केही व्यक्तिहरु (कोभिड–१९) को संक्रमण भएकाबारे अझै पनि झूटो र कपोल–कल्पित म्यासेज वा भनौं सूचना संंप्रेषण गरेको आरोपमा प्रहरीले पक्डी रेहको छ । उता केही आयातित धर्मका ठेकेदारहरु नेपालमा (कोभिड–१९) बारे बढी हल्ला–खल्ला वा भनौं प्रचारप्रसार हुन थालेपछि आफ्नो धर्म (क्रिश्चियन धर्म !) अपनाएमा ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९ (कोभिड–१९) को महामारीले छँुदैन वा भनौं आक्रमण गर्दैन ! भन्दै भ्रम फैलाएका थिए । तर, विचरा ती धर्मभीरु साँच्चै अज्ञानी, अल्पज्ञानी वा भनौं छिपछिपे ज्ञानको ... रहेछन् । नत्र भने अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, अष्ट्रिया, नेदरल्यान्ड, बेलायत, अष्ट्रेलिया बेलिजयम, ब्राजिल, रुस, स्वीट्जरल्यान्ड लगायत देशहरुमा कुन धर्म मान्छन् ? भन्नेसम्म त उनले थाहा पाउनुपर्ने हो ? तर, समाजमा त्यस्तो नचाहिँदो अफवाह पैmलाउने मान्छेहरुलाई सरकारले वेला छँदै पक्डेर कारबाही गरेको पनि छ ।
नेपाल सरकारले यो पंक्तिकारलाई ठूलै अपराध गरेको नठानेमा एउटा कुरा त म आपूmले पनि लेख्नैपर्ने देख्छु । त्यो के भने, ‘लकडाउन’अघिको ३÷४ दिनसम्म सिंगापुर, थाईल्यान्ड, भारत, चीन, कोरिया लगायत देशबाट आएका हजारौं हवाई यात्रुहरु र नेपाल–भारत सीमाबाट अनियन्त्रित ढंगले नेपाल छिरेका लगभग डेढ लाख नेपालीहरुले ‘कोरोनाभाइरस’ नामक संक्रामक भाइरसको संक्रमण लिएर आएका छैनन् भन्ने के ग्यारेन्टी छ, सरकार ? जबकि त्यस ताका अन्य ६५ देशका हवाईजहाजको उडान भने नेपालमा अनिश्चित कालसम्म रोक्ने निर्णय गरिएको थियो ।
यसरी त्यो बीचको समयमा आएका ती हवाई यात्रुहरुमध्ये अभैm पनि धेरै जना सहरबजार र गाउँघरमा भूमिगत नै छन् ( प्रहरीले धुईँपत्ताल खोज्दा पनि भेटिएको छैन ! भन्ने समाचार आएको छ ।) नभन्दै नेपालको सुदूरपश्चिममा ‘स्टेज–२’ को अवस्था सुरु भइसकेको छ । त्यहाँ विदेशबाट आएका एक व्यक्तिले आफन्त (भाउजु) लाई ‘कोरोनाभाइरसको पोजिटिभ’ सारेका थिए । कतै थाहै नपाई ‘स्टेज–३’ मा गएमा हाम्रो देशको हालत के होला सरकार ? तर, कामना गरौं, त्यस्तो अवस्था नेपालमा नआओस् । हुन पनि हालसम्म नेपालमा (कोभिड–१९) को पोजिटिभ देखिएको ३१ जना बिरामीमध्ये ४ जना पर्ण रुपमा निको भएर फर्की सकेका छन् ।
माथि नै एक प्रसंगमा भने भैmँ हामी नेपालीहरु अज्ञानी, अल्पज्ञानी र छिपछिपे ज्ञान भएको मात्रै नभएर साह्रै अच्चाडू, अटेरी र लापरबाह पनि छांैं ! यो कुरो म आपूज्ञm पनि ‘अजासु’ भएर भनेको÷लेखेको भन्दा पनि लकडाउन सुरु भएको २८÷२९ औं दिन हँुदासम्म पनि हजारौंको संख्यामा हामी नेपालीहरु बिना काम सडक–गल्ली र भीडभाडमा जताभावी हिँड्न खोज्दै छौं वा भनौं हिँडिरहेकै छौं ! जबकि हामीलाई के थाहा छैन भने, यदि (कोभिड–१९) को पोजिटिभ भएर सिकिस्तै भइयो भने बाँच्ने संभावना साह्रै कम छ ! किनभने (कोभिड–१९) को महामारीको भाइरसका लागि नै भनेर हालसम्म कुनै औषधि, सुई वा भनौं भ्याक्सिन बनेको छैन । त्यसैले, यो “केहीनजान्ने कुलुङे”को विशेष आग्रह के छ भने, माथि शीर्षकमै भनिए झै ‘–एक बारको जुनीमा हामीले आयु पूरा बाँचेदेखि यो धरतीमा देख्न, हेर्न र भोग्न धेरै बाँकी छ, (कोभिड–१९) नामक रोगको भाइरसकै कारण मरे केही भन्न सकिन्न ! त्यसैले ‘लकडाउन’लाई पालना गरौं है कमरेडहरु !’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस