Like us!
Follow us!
Connect us!
Watch us!

ग्रिनहिल सिटी समाजद्धारा दैनिक भोजन वितरण

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १३ : ४२ मा प्रकाशित

ग्रिनहिल सिटी समाजद्धारा दैनिक भोजन वितरण

अर्थ संसार, काठमाडौं - ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६, मुलपानीद्धारा लकडाउनको विषम परिस्थितिमा विपन्नवर्ग, दैनिक ज्यालादारी काम गर्ने मजदुरहरूलाई नजिकैको शिव पंचायन मन्दिरमा दैनिक भोजन बनाएर कोलोनीको मुल गेटमा भोजन वितरण गरिरहेको छ ।

कोलोनीमा बसोबास गर्नेहरूको सहयोगमा वैशाख १३ गते देखि दैनिक पाँच सय जनासम्मलाई भोजन खुवाउने लक्ष्य राखिएको समाजका अध्यक्ष विश्वराज पौडेल (किरण) ले बताएका छन् ।  उनले उक्त कार्यमा कागेश्वरी मनोहरा न.पा.–६ र गोकर्णेश्वर न.पा.–७ ले स्वयमसेवा गरिरहेको पनि बताए ।

 वि.सं.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रूपमा विकास भइरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा व्यवसाय अगाल्ने मानिसहरूको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो ।

त्यसैगरी, करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनीमा हाल करिब ४५० भन्दा बढी घर तयार भई मानिसहरू बसोबास गरिरहेका छन् । बाँकी घरहरू निर्माणाधिन अवस्थामा रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको