Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट ४९ नेपालीको मृत्यु, कति छन् संक्रमित ?

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १३ : ०० मा प्रकाशित

कोरोनाबाट ४९ नेपालीको मृत्यु, कति छन् संक्रमित ?

अर्थ संसार, काठमाडौं - हाल संसारभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड-१९) ले गर्दा विश्वभर मृत्यु हुने नेपालीकाे संख्या ४९ जना पुगेकाे छ । 

गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार हालसम्म बेलायतमा ३३ जना, अमेरिकामा १० जना, संयुक्त अरब इमिरेट्समा २ जना तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।

यसैगरी, नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिएका छन् ।  

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले बताएका छन् ।

नेपालमा भने ४९ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी, संक्रमित हुने नेपालीमा अमेरिकामा एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चार-चार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीन-तीन, जापान, हङकंङ र माल्टा दुई-दुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ ।

समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको