Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप २ जनामा काेराेना संक्रमण : संक्रमितको संख्या ५१ पुग्यो

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १३ : १६ मा प्रकाशित

नेपालमा थप २ जनामा काेराेना संक्रमण : संक्रमितको संख्या ५१ पुग्यो

अर्थ संसार, काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना भाइरसकाे सङ्क्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । कोरोना संक्रमणपछि उनीहरुको नारायणी क्षेत्रीय अस्पतालको ईमर्जेन्सीमा उपचार भईरहेको छ ।

कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरका १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएकोमा २ जना पुरुषलाई कोरोनाको संक्रमण भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको