Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको नाफामा बृद्धि

अर्थ संसार

सोमबार, २२ बैशाख २०७७, ०९ : ५९ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको नाफामा  बृद्धि

अर्थ संसार, काठमाडौं -इन्स्योरेन्सहरुको माझ आफ्नो छुट्टै स्थान बनाउन सफल नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनि गरेको छ ।

इन्स्योरेन्सले सार्वजनि गरेको वित्तिय विवरण अनुसार तेस्रो त्रैमाससम्म १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा  कमाएको छ । कम्पनीले  गत वर्ष कम्पनीले १३ करोड ६ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
कम्पनीको खुद बिमा शुल्क ३८ करोड ६७ लाख २४ हजार रुपैयाँबाट बढेर ४३ करोड १ लाख २८ हजार रुपैयाँ पुगेको छ । अर्थात, कम्पनीको खुद बिमा शुल्क गत वर्ष भन्दा ११।२२५ ले बढी हो । बिमा कोष २६ करोड ५२ हजार रुपैयाँबाट बढेर ३६ करोड ४७ लाख १० हजार रुपैयाँ पुगेको छ । 
 
चैत मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सले कुल १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल ९३ करोड ३९ लाख ८५ हजार रुपैयाँ बराबर रहेको छ । यता, जगेडा कोष भने ३६ करोड ५० लाख ५५ हजार रुपैयाँबाट घटेर ३४ करोड ५८ लाख ४५ हजारमा सीमित भएको छ ।

तेस्रो त्रैमाससम्म आइपुग्दा यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १६४.८६ रुपैयाँ रहेको छ । 

5eaf9a6d5cc24.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको