Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा शेयर बजार खुलेपछि लगानीकर्ताको चर्को विरोध

अर्थ संसार

मंगलबार, ३० बैशाख २०७७, १५ : ५८ मा प्रकाशित

लकडाउनमा शेयर बजार खुलेपछि लगानीकर्ताको चर्को  विरोध

अर्थ संसार, काठमाडौं– कोरोना भाइरसको कारण नेपाल यतिखेर लकडाउनमा छ । लकडाउनको कारण लगानीकर्ताहरु होम क्वारेन्टाइनमा छन् । यस्तो परिस्थितिमा शेयर बजार बैंशाख ३० गते अर्थात मंगलबारदेखि खुला गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रो बजार शेयर कारोबार अहिले २ घण्टाको लागि खुला त गर्यो तर खुलेको १ घण्टा २५ मिनेटमै बजार बन्द भयो । बजार विहान ११ बजेदेखि १ बजे सम्म खुला गरिएको थियो ।

अहिलेको असहज परिस्थितिमा शेयर कारोबारका लागि नयाँ नियम अनुसार  समग्र सूचक २ प्रतिशत ले तलमाथि भएपछि त्यस दिनलाई कारोबार रोकिनेछ । यसैगरी, कम्पनीहरुको भाउ पनि ३ प्रतिशत सम्म मात्र तलमाथि गर्न मिल्छ । मंगलबार खुलेको १२ : २५ बजे शेयर बजार २ प्रतिशतले घटेपछि कारोबार बन्द भएको थियो । १० करोडमाथि कारोबार भएको  शेयर बजारमा नेप्से २५.३ अंकले घटेको थियो ।

लगानीकर्ताको चर्को विरोध

यस्तो परिस्थितिमा शेयर बजार खोलेको भन्दै लगानीकर्ताहरुले सामाजिक सञ्जालमा चर्काे विरोध गरेको छन् । बजार खुलेकै दिन शेयर बजारमा नकारात्मब सर्किट ब्रेक लागेपछि लगानीकर्ताले कसको स्वार्थको लागि खोलेको भन्दै नियामक निकायसँग प्रश्न गरेका छन् । 

कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेलामा शेयर बजार खुलाएर शेयर बजार डुवाउने खेलमा लागेको उनीहरुले आरोप छ । 
लगानीकर्ता विष्णु आचार्य र रिता श्रेष्ठले तत्काल शेयर बजार बन्द गर्न नियामक निकायसँग आग्रह गरेका छन् ।  त्यसै गरी मनोज बुढाथोकी लेख्छन् -' एक खाले दलालले देश डुबाए अर्का खाल्का दलालले  शेयर बजार डुबाउने भए । बेलामा चेतना भया ।'

उनीहरु जस्तो धेरै लगानीकर्ताले यस्तो अप्ठ्यारो अवस्थामा शेयर बजार खुल्नु भनेको कुनै समूह लगानीकर्तालाई डुवाउने खेल भएको भन्दै आफू जस्तो सवै लगानीकर्तालाई सचेत हुन आग्रह गरेका छन् ।

5eba7cba2f63f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको