अर्थ संसार, काठमाडौं - शेयर काराेबार आगामी जेठ २० गतेसम्म बन्द हुने भएकाे छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे आज (जेठ ५ गते, साेमबार) बसेकाे सञ्चालक समितिको बैठकले जेठ २० गतेसम्म शेयर काराेबार बन्द गर्ने निर्णय गरेकाे हाे ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा हिजाे (आइतबार) बसेको मन्त्रिपरिषद्काे बैठकले लकडाउन अझै १५ दिन लम्ब्याउने निर्णय गरेसँगै धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ काे उपनियम १ अनुसार लकडाउन अवधिभर धिताेपत्रकाे काराेबार स्थगन गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।
नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस