Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारका सरोकारावालसँग प्रधानमन्त्रीको एक घण्टा, ‘इन्ट्रा–डे’ देखि ‘सर्ट सेल’ सम्मका गाँठो फुकाउने आश्वासन

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १५ : ५२ मा प्रकाशित

सेयर बजारका सरोकारावालसँग प्रधानमन्त्रीको एक घण्टा, ‘इन्ट्रा–डे’ देखि ‘सर्ट सेल’ सम्मका गाँठो फुकाउने आश्वासन

नेपालको पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्री बालेन्द्र साहाले भेट वार्ता गरेका छन् । पछिल्लो समय लगातार रुपमा बजार घटिरहेको अवस्थामा सोमबार प्रधानमन्त्रीले लगानीकर्ता, नेप्से र नेपाल धितोपत्र बोर्डका अध्यक्षहरुसँग सेयर बजारका विषयमा छलफल गरेका हुन् । 

एक घण्टा लामो समय चलेको छलफलमा लगानीकर्ता, ब्रोकर र नियामकीय निकायका पदाधिकारीहरुले सेयर बजारका लागि गर्नु पर्ने कामहरुका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको लगानीकर्ता अम्बिका पौडेलले जानकारी दिए । छलफलमा प्रधानमन्त्रीले सबैका कुरा सुने पछि पुँजी बजारको सुधारका लागि कामहरु भइरहेको जानकारी गराएको पौडेलको भनाइ छ । प्रधानमन्त्री समक्ष ‘इन्ट्रा–डे’ (दिनभरिमा किनेर सोही दिन बेच्न पाउने) र ‘सर्ट सेल’ (खातामा सेयर नभए पनि पछि किन्ने सर्तमा बेच्न पाउने) सुविधा तत्काल सुरु गर्नुपर्ने लगानीकर्ताहरुले बताएका थिए । यसले बजारमा तरलता बढाउने र कारोबार रकममा वृद्धि हुने दाबी उनीहरूले उनीहरुको छ । यस्तै, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन कायम गर्न ‘प्राइस डिस्कभरी’ प्रणालीमा सुधार गर्नुपर्ने विषय पनि ब्रोकरहरूले उठाएका छन् । 

पौडेलका अनुसार प्रधानमन्त्रीले पुँजी बजारको लगानीले रोजगारी सिर्जना गर्नु पर्ने र अर्थतन्त्रलाई सहयोग गर्नु पर्ने विषय उठाएको जानकारी दिए । त्यस्तै सेबोन, राष्ट्र बैंक, नेप्सेले गर्नु पर्ने कामहरुको बारेमा पनि छलफल भएको पौडेलले बताए । लगानीकर्ताको हकहितका लागि प्रधानमन्त्री कार्यालयले पनि काम गरिरहेको र लगानीकर्ताको मनोबल बढाउनका लागि काम गर्ने तयार रहेको प्रधानमन्त्रीले बताएको पौडेलले जानकारी दिए । पछिल्लो समय बालेन सरकार बनेदेखि लगातार रुपमा सेयर बजार घटिरहेको अवस्था थियो । नेप्से परिसूचक २५०० विन्दु सम्म पुगेको थियो । पछिल्ला केही दिनमा भने परिसूचक बढेर सोमबार २७०० विन्दु माथि पुगेको छ । सरकारले पुँजी बजारका लागि गर्नु पर्ने कामहरु नगरेको भन्दै लगानीकर्ताहरु केही दिन अघि धितोपत्र बार्डमा ताला लगाउन समेत पुगेका थिए । 

प्रधानमन्त्रीले आफूहरुले राखेको कुरा सुनेको र त्यसमा काम गर्ने आश्वासन दिएको लगानीकर्ता प्रियराज रेग्मीले बताए । उनले आफूहरुले प्रधानमन्त्री समक्ष घाटा समायोजन गरेर मात्रै कर लिने व्यवस्था गर्न, राष्ट्र बैंकले ब्रोकरहरु मार्फत मार्जिन ल्याण्डिङ सञ्चालन गर्नका लागि नीयामकीकय व्यवस्था गर्नु पर्ने, गैर आवासिय नेपालीहरुलाई फास्ट्याक मार्फत पुँजी बजारमा भित्र्याउनु पर्ने लगायतमा मागहरु राखेको बताए । त्यस्तै नेप्सेको पुनरसंरचना, सेबोनले १० कित्ते नीतिहरु हटाएर आईपीओ प्रणालीमा सुधार गर्नु पर्ने र बजारलाई स्वस्थ बनाउन बुक बिल्डिङ प्रणाली अपनाएर संस्थागत लगानीकर्ताबाट मात्रै लगानी गर्ने व्यवस्था गर्नु पर्ने कुरा राखेको उनको भनाइ छ । सबै कुरा सुनेपछि प्रधानमन्त्रीले यी सबै कुरामा काम भइरहेको र यसलाई कार्यान्वयन गर्नका लागि नियामकीयक निकायसँग छलफल गरेर निष्कर्ष निकाल्ने बताएको रेग्मीको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको