Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, ११ : ४६ मा प्रकाशित

पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले आज साेमबार पूँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल भएका छन् । छलफल मध्याह्न १२ बजेदेखि तय गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने उपस्थित हुने जनाइएको छ।

छलफलमा सेयर बजारको पछिल्लो अवस्था, धितोपत्र तथा बीमा क्षेत्रका विद्यमान चुनौती, नीतिगत सुधारका सम्भावना र लगानीमैत्री वातावरण निर्माणका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ। साथै, समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक मुद्दाहरूमा समेत सहभागीहरूबीच धारणा आदानप्रदान हुने कार्यक्रम रहेको छ।

हालैको अवधिमा सेयर बजारले लगातार दबाब सामना गरिरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित निकाय र क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको