Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीहरूको नाफा ९६ करोड माथि - खर्च कटौतीले जोगायो साख, आम्दानी भने खुम्चिँदै

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १५ : १३ मा प्रकाशित

फाइनान्स कम्पनीहरूको नाफा ९६ करोड माथि - खर्च कटौतीले जोगायो साख, आम्दानी भने खुम्चिँदै

गत आर्थिक वर्षको ११ महिनाको अवधिमा फाइनान्स कम्पनीहरुको नाफा ९६ करोड माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा फाइनान्स कम्पनीहरुले ९६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । 

सञ्चालनमा रहेका १७ वटा फाइनान्सहरुको कुल नाफा अघिल्लो आवको ११ महिनाको तुलनामा १६ करोड २० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा फाइनान्स कम्पनीहरुको कुल नाफा ८० करोड ६० लाख रहेको थियो । समीक्षा अवधिमा फाइनान्सहरुको नाफा बढ्नुमा ब्याज खर्च, कार्यालय सञ्चालन खर्चमा आएको सुधार तथा कर्जा असुली रकम बढ्नु रहेको छ ।

आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको ब्याज खर्च ६ अर्ब ५० करोड २० लाख रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको ब्याज खर्च ८ अर्ब २३ करोड ८० लाख रहेको थियो । समीक्षा अवधिमा फाइनान्स कम्पनीहरुको ब्याज खर्चमा १ अर्ब ७१ करोड ८० लाखले बचत भएको छ । आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको कार्यालय सञ्चालन खर्च १ अर्ब ७ करोड रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको कार्यालय सञ्चालन खर्च १ अर्ब ९ करोड ५० लाख रहेको छ । समीक्षा अवधिमा फाइनान्स कम्पनीहरुको कार्यालय सञ्चालन खर्च २ करोड ५० लाखले कमी आएको छ ।

आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको कर्जा असुली रकम १ करोड ५० लाख रहेको छ । यस्तो कर्जा असुली रकम अघिल्लो आर्थिक वर्षको ११ महिनाको अवधिमा १ करोड ४० लाख रहेको थियो । समीक्षा अवधिमा कर्जा असुली रकम १० लाख रुपैयाँले बढेको छ । फाइनान्स कम्पनीहरुको कर्मचारी खर्च र ब्याज आम्दानी लगायतका क्षेत्रमा भने सुधार हुन सकेको छैन । आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको कर्मचारी खर्च १ अर्ब ६१ करोड ३० लाख रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको कर्मचारी खर्च १ अर्ब ४८ करोड रहेको थियो । समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको कर्मचारीका लागि हुने खर्च १३ करोड ३० लाखले बढेको छ ।

आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको ब्याज आम्दानी १० अर्ब ९ करोड २० लाख रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको ब्याज आम्दानी ११ अर्ब ६७ करोड ५० लाख रहेको थियो । समिक्षा अवधिमा फाइनान्स कम्पनीको ब्याज आम्दानी १ अर्ब ५८ करोड ३० लाख रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको