Like us!
Follow us!
Connect us!
Watch us!

७ कम्पनीको करिब ५ करोड कित्ता हकप्रद बजारमा , कुन-कुनले पाए अनुमति ?

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १७ : ०९ मा प्रकाशित

७ कम्पनीको करिब ५ करोड कित्ता हकप्रद बजारमा , कुन-कुनले पाए अनुमति ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत आर्थिक वर्षमा करिब ५ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बोर्डले ७ वटा कम्पनीलाई हकप्रद जारी गर्ने अनुमति दिएको हो । 

गत आर्थिक वर्षमा बोर्डले ७ वटा कम्पनीको ४ करोड ९४ लाख १७ हजार ७६२ कित्ता बराबरको ४ अर्ब ९४ करोड १७ लाख ७६ हजार २०० रुपैयाँ मूल्यको हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । अनुमति पाएका कम्पनीहरुमध्ये चार वटा हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै एक एक वटा विकास बैंक, इन्स्योरेन्स कम्पनी र होटलले गत आर्थिक वर्षमा हकप्रद जारी गर्ने अनुमति पाएका छन् । 

गत आर्थिक वर्षमा हकप्रद निष्काशनको अनुमति पाउने कम्पनीहरुमध्ये शिवश्री हाइड्रोपावर, सिटि होटल, रिभर फल्स पावार, नारायणी डेभलपमेन्ट बैंक, बुद्धभूमी नेपाल हाइड्रोपावर, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालय पावर पार्टन लिमिटेड रहेका छन् । यनी ७ वटा कम्पनीहरुले गत आर्थिक वर्षमा हकप्रद जारी गर्ने अनुमित पाएका हुन् । 

यी कम्पनीमध्ये सिटि होटलले १ः०.८० को अनुपात, हिमालय पावर पर्टनरले १ः०.५० र युनाइटेड अजोडले १००ः१० को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति पाए । बाँकी कम्पनीहरुले भने १ः१ को अनुपातमा हकप्रद जारी गर्न अनुमति पाएको छन् । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भने निकै कम मात्रै कम्पनीले हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा धितोपत्र बोर्डले १७ कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको