Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको कर्मचारी कोरोना संक्रमित, संक्रमित केही दिनदेखि अफिसमा

अर्थ संसार

बुधबार, ०७ जेठ २०७७, १० : ४९ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको कर्मचारी कोरोना संक्रमित, संक्रमित केही दिनदेखि अफिसमा

अर्थ संसार, काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । कमलादी शाखामा कार्यरत महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित महिला मंगलबार कार्यालयमा आएकी थिईन् । 

 संक्रमित महिला कमलादी शाखामा  फोन उठाउने अर्थात रिसेप्सनमा कार्यरत थिईन ।हप्तामा तीन जनाको दरले  कर्मचारी बीच पालैपालो कार्यालय खुल्दै आएको कम्पनीले जनाएको छ ।

सद्धार्थ इन्स्योरेन्स कम्पनीका कामु महाप्रबन्धक वीरेन्द्र वैदवार क्षेत्रीले arthasansar.com सँगै कुराकानी गर्दै भने-'महिला कर्मचारीमा कोरोना संक्रमित पोजेटिभ देखिएको भन्ने छ, उनी कमलादी शाखामा कार्यरत छिन्, उनी केही दिन अघिमात्र राजधानी बाहीरबाट आएकी हुन्, उक्त शाखामा हप्तामा तीन दिनको पालो राखेर तीन जना कर्मचारीले काम गर्दै आइरहेका छन्, हामीले सामाजिक दुरी ,स्यानीटाइजर र मास्क र पन्जाको प्रयोग गर्दै आएका छौं ।'

संक्रमित ती महिला भैरहवाबाट अफिस धान्नको लागि राजधानी आएको बुझिएको छ । उनीसँगै आएको श्रीमानमा भने आरडिटी परिक्षण नेगेटिभ देखिएको छ ।

कोरानबाट असुरक्षित बन्दै बैंक र बिमा क्षेत्र

लकडाउनको बेलामा बैंक र बीमा क्षेत्र खोलिएको छ । यस्तो बेलामा खोलिएका बैंक र बीमा कम्पनीका कर्मचारीले असुरक्षित महसुश गर्न थालेका छन् ।यी क्षेत्रमा हिजोआज पनि दैनिक सेवाग्राहीहरुको भीड लाग्ने गरेका छन् । त्यसमा पनि केही शाखा खोल्नुले झन भिड लाग्ने गरेको हो ।

 विश्वभर माहामारीको रुपमा फैलिएको कोरोनबाट बैंक र बीमा क्षेत्रबाट हुने मानविय क्षतिबाट बच्न सम्बन्धीत निकायले बेलैमा ध्यान दिएर कर्मचारीलाई घरबाटै अनलाइनबाट काम कारबाही गर्ने व्यवस्था मिलाउन कर्मचारीले आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको