Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना प्रतिरोधी जडीबुटीहरू : डा. हेमराज कोइराला

आइतबार, ११ जेठ २०७७, १३ : ५५ मा प्रकाशित

कोरोना प्रतिरोधी जडीबुटीहरू : डा. हेमराज कोइराला

अर्थ संसार, काठमाडौं – विश्व आज कोरोना महामारीको चंगुलमा फस्दै गईरहेको छ ।

रोगलागेका मध्ये ३ प्रतिशत विरामी हरूको मृत्युवरण भईसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचार का कुनै पनि औषधि एवं भ्याक्सिन बनिनसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन। यो रोगको संक्रमणको कारणले मर्ने हरूको तथ्यांक हेर्दा अधिकांश ९९% मान्छेहरू को प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर रहेको र अन्य रोगहरू जस्तै मधुमेह, मृगौला रोग, क्यान्सर, दम खोकी मोटोपन, मुटुरोग, अनियन्त्रित कोलेस्टेरोल, वात, अटोईम्यून जस्ता समस्याले ग्रस्त भएको पाईयो र यो तथ्यले के पनि पुष्टि गर्दछ भने जसको प्रतिरक्षा प्राणाली कमजोर छ उसैलाई कोरानाको समस्या ले ज्यादा आक्रान्त पार्दछ र मृत्यु हुन सक्दछ ।

यस परिपेक्षमा यो रोगलाई जित्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मजवुत पर्नुपर्ने हुन्छ। प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र कोरोना संक्रमण लाइ रोक्न निम्न लिखित जडिबुटी हरूलाई निम्न लिखित विधिले उपयोग गर्न सकिन्छ।

के के हुन ती जडिबुटीहरू ?

गुर्जो, दालचिनी, जीरा, धनिया, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि मध्य कुनै एकको उपयोग गर्न सकिन्छ ।

यी जडिबुटी हरूको उपयोग कसरी गर्ने ?

क. गुर्जोको उपयोग गर्दा आफ्नो भित्ताले एक भित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठ लाई राती सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोली पल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडूची चुर्ण)प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडूची चुर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस ।

ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्यापसुल राती सुत्ने बेलामा खादाँ पनि रोग प्रतिरोधक क्षमता बढ्दछ ।

ग. जीरा, धनिया, बेसार, लसुन, ज्वानो जस्ता मरमसला एवं जडिबुटीहरूलाई खानामा समाबेस गरौ ।

घ. जडिबुटी काँडाको प्रयोग: आधा लीटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ ग्राम सूठो, १ ग्राम दालचिनी, एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस । सबै जडिबुटीहरू मजाले पाकीसके पछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुस । यो काढाले प्रतिरक्षा प्रणलीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला बसेको, घाटी दुखेको, निको पार्दछ ।

ङ. अचानक रुघामर्की ले सताई हाल्यो भने मरिच, सूठो र सख्खरलाई एकसाथ उमालेर चूल्होबाट निकालीसके पश्चात तातौ घोलमा एउटा असूरोको पातलाई राम्रो संग धोएर स साना टुक्रा बनाएर उक्त घोलमाहालेर छोपि दिनुहोस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुहोस ।

च. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चूर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस।

छ. एक गिलास दुधमा १ देखि २ ग्राम शुद्घ बेसार हालेर राती सुत्ने बेलामा पिउनुहोस । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।

ज. आधा आधा घण्टामा एक – एक गिलास मनतातो पानी पिउदै रहनु होला ।

झ. ज्वानोको झोल: तात्तातो ज्वानोको झोलले पनि मुख एवं घांटीमा रहेका व्याक्टेरिया एवं भाइरस मार्न मद्धत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको