Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो : थपिए १९ जना

निशा हुमाँगाई

आइतबार, ११ जेठ २०७७, १६ : ३३ मा प्रकाशित

कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो : थपिए १९ जना

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ६०३ जना पुगेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

मोरङमा १ जना, बाराका २ जना, पर्साका २ जना, रौतहटका १ जना, सर्लाहीका १ जना, रुपन्देहीका ६ जना, काठमाडौका १ जना, नुवाकोटका १ जना, कपिलवस्तुका ३ जना र गुल्मीका १ जना गरि १९ जनामा काेराेना संक्रमण देखिएकाे डा. देवकोटाले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको