अर्थ संसार, काठमाडौं - जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले यस महामारीकाे अवस्थामा आफ्नाे सामाजिक सञ्जाल मार्फत थुप्रै ज्ञाज्ञुनका कुराहरू बाँडिरहेका छन् । आज पनि उनले असल नागरिक बन्नका लागि तल उल्लेख गरिए अनुसारका २० टिप्सहरू दिएका छन् ।
१. म नेपाल सरकारका नियम, निर्देशन तथा अपिल पालना गरेर कोरोना संक्रमणबाट बच्न र बचाउन प्रतिबद्ध छु ।
२. मैले आफुले जानेको ज्ञान, सिप तथा अनुभव कोरोना रोकथामको लागि अर्पण गर्नेछु ।
३. मैले यस्तो महामारीमा भ्रष्ट्राचार, अकर्मन्यता, ढिलासुस्ती, कमिसन तथा कालोबजारी गर्नेछैन । मलाई थाहा छ यो मानवता विरुद्धको अपराध हो ।
४. म तथा मेरो परिवारलाई कोरोना संक्रमणको लक्षण देखिएमा लुकाउने छैन । सरकारी प्रयोगशालामा जांच गराएर पोजिटिभ देखिएमा नियम अनुसार आइसोलेसनमा बस्नेछु, बसाउने छु ।
५. म बाहिरबाट नेपाल आएको व्यक्ति भए नियम अनुसार क्वारेन्टाइनमा बस्नेछु । क्वारेन्टाइनबाट भाग्ने छैन । क्वारेन्टिन अवधि पुरा गरेपछि कोभिड १९ नेगेटिभ देखिएमा आफ्नो थातथलोमा गएर त्यहाँको क्वारेन्टाइनमा बस्नेछु । संक्रमण देखिएमा आइसोलेसन बेडमा बसेर निको भएपछि मात्र आफ्नो थातथलो गएर क्वारेन्टाइनमा बस्नेछु ।
६. मैले हेल्चेक्र्याई गरेमा मेरो परिवार, आफन्त र प्रिय व्यक्तिहरुमा यो रोग सर्छ भन्ने मलाइ थाहा छ ।
७. मलाइ ज्वरो आउने, खोकी लाग्ने लगायत भएमा म घरमा छुट्टै बस्नेछु । रुघाखोकी समयमा निको नभए वा गाह्रो भएमा स्वास्थ्य संस्थामा जानेछु ।
८. मेरो टोल, गाउँ तथा समाजमा कोहि नयाँ व्यक्ति आएमा स्थानीय निकायलाई खबर गर्नेछु ।
९. मैले कोरोना संक्रमित वा कोरोना संक्रमणबाट निको भएका व्यक्तिलाई घृणा गर्ने, नराम्रो ब्यबहार गर्ने लगायत गर्ने छैन ।
१०. सकभर म घरभित्र सुरक्षित बिधि अपनाएर बस्नेछु । घर बाहिर जानुपरेमा सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउनेछु । ३ जनाभन्दा धेरै संगै हिंड्ने छैनौं । अन्य व्यक्तिसंग ६ फिटको भौतिक दुरी कायम गर्नेछु ।
११. मैले नाक, मुख तथा आँखामा सकभर छुने छैन । साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने वा नाक / मुख / आँखामा हात पुर्याउनेछु ।
१२. घर, कार्यालय लगायत सम्बन्धित ठाउँलाई संक्रमणरहित बनाउनेछु ।
१३. खोक्दा, छ्युं गर्दा म मान्छे नभएको ठाउँमा गएर कुहिनो तिर गर्नेछु । अनि स्यानिटाइजरले हात सफा गर्नेछु ।
१४. मास्क, टिस्युपेपर, पंजा आदिलाई बाटोमा फाल्ने छैन । निश्चित ठाउँमा डिस्पोज गर्नेछु ।
१५. थुक्ने बानी त्याग्नेछु ।
१६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा सफाइकर्मीलाई निरुत्साहित गर्ने छैन ।
१७. दैनिक व्यायाम, योग, ध्यान, हर्बल टि सेवन, पोषिलो खाना तथा प्रशस्त पानी गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउनेछु ।
१८. चुरोट, सुर्ती, रक्सीको सेवन गर्ने छैन ।
१९. भीडभाडमा जाने छैन ।
२०. जेष्ठ नागरिक तथा जोखिम समुहलाई सहयोग गर्नेछु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस