Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै गर्याे कोरोनाले रेकर्ड ब्रेक : एकैदिन थपिए ११४ जना

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १६ : ४३ मा प्रकाशित

नेपालमै गर्याे कोरोनाले रेकर्ड ब्रेक : एकैदिन थपिए ११४ जना

अर्थ संसार, काठमाडौं – एकैदिन ११४ जना नयाँ संक्रमित थपिएर नेपालमा काेराेना भाइरसले रेकर्ड ब्रेक गरेकाे छ । यसअघि एकैदिन सबैभन्दा बढी ९० जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ८८६ जना पुगेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको छ । त्यस्तै, पोखरामा ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण देखिएको डा. विकास देवकोटाले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको