Like us!
Follow us!
Connect us!
Watch us!

सुर्खेतमा थप १५ जनामा कोरोना संक्रमण

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, ०८ : ३९ मा प्रकाशित

सुर्खेतमा थप १५ जनामा कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं – पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । याे सँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएकाे छ ।

नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको महाशाखा प्रमख डा लक्ष्मीनारायण तिवारीले बताएका छन् । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको पनि उनले बताए । 

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडिटी र पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको