Like us!
Follow us!
Connect us!
Watch us!

३४ लाख काेराेना संक्रमित निकाे भए, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, ०८ : ०४ मा प्रकाशित

३४ लाख काेराेना संक्रमित निकाे भए, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

अर्थ संसार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघेको छ । आइतबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९६४ पुगेको छ भने करिब ७० लाख संक्रमित भएका छन्।


अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेको छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार १२५ थियो भने संक्रमित हुनेको संख्या भने ६८ लाख ४३ हजार ९१५ थियो ।

कुन देशको अवस्था कस्तो ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १९ लाख ८८ हजार ५४४ पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ५१ हजार ८९४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख २४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।

ब्राजिल

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार ५८७ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुेको संख्या ३५ हजार ९५७ पुगेको छ ।

संक्रमितमध्ये ३ लाख २ हजार पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ३ लाख ३५ हजार बढीको कोरोना सक्रिय रहेको छ । तीमध्ये ८ हजार ३१८ को अवस्था गम्भीर रहेको छ ।

रूस

रूस पनि कोरोनाभाइरसको नयाँ हटस्पट रूस बनेको छ । अहिलेसम्म त्यहाँ ४ लाख ५८ हजार ६८९ मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ५ हजार ७२५ पुगेको छ ।

संक्रमितमध्ये २ लाख २१ हजार बढी पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ २ लाख ३१ हजार बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये २३ सयको अवस्था गम्भीर रहेको छ ।।

स्पेन

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ८८ हजार ३९० पुगेको छ । स्पेनमा कोरोनाका कारण २७ हजार १३५ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६२ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयको अवस्था गम्भीर रहेको छ ।

बेलायत

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार ४६५ पुगेको छ । संक्रमितको संख्या भने २ लाख ८४ हजार नाघेको छ ।

भारत

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ ।

अहिलेसम्म भारतमा २ लाख ४६ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण ६ हजार ९४६ जनाको ज्यान गएको छ । संक्रमितमध्ये १ लाख १८ हजार बढी पूर्ण रूपमा निको भएका छन् । अहिले त्यहाँ १ लाख २० हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

इटाली

कारोनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ८४६ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख ३४ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ६५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ३५ हजारमा कोरोना सक्रिय रहेको छ भने २९३ को अवस्था गम्भीर रहेको छ ।

चीन

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ६७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार ३२९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८३ हजार ३० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा कोरोनाका कारण ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

नेपाल

नेपालमा पनि अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये ३६५ जना पूर्णरूपमा निको भएका छन् भने १३ जनाको ज्यान गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको