Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी र व्यापारीबीच तनाव, वालुवाटारमा प्रदर्शन

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, १२ : १४ मा प्रकाशित

प्रहरी र व्यापारीबीच तनाव, वालुवाटारमा प्रदर्शन

अर्थ संसार, काठमाडौं  । न्यूरोड क्षेत्रका व्यवसायी र  प्रहरीबीच तनाव बढेको छ । न्युरोड क्षेत्रका व्यापारीहरुले पसल खोलेपछि बन्द गर्न भनेर त्यहाँ पुगेका प्रहरी र व्यवसायीबीच विवाद बढेको हो ।


प्रहरीले पसल बन्द आग्रह गरेपछि व्यवसायी अटेर गर्दा झडपको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताएका स्थानीय व्यवसायीले ठूलो संख्यामा प्रहरी तैनाथ गरेपछि सडकमा उत्रिएर लकडाउनको विरोध गरेका छन् ।

न्यूरोडबाट सुरु भएको असन्तोष अहिले प्रधानमन्त्री निवास वालुवाटार परिसरमा केन्दित भएको छ । 
 यसअघि तनावको अवस्था सिर्जना भएपछि न्युरोड गेट, रञ्जना गल्ली आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आग्रहमा काठमाडौं उपत्यकामा विहान ७ देखि ११ बजेसम्म पसल सञ्चालन गर्न थालेका व्यवसायी र प्रहरी टोलीबीच यस अघि पनि बिभिन्न क्षेत्रमा तनावको स्थिति उत्पन्न हुँदै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको