Like us!
Follow us!
Connect us!
Watch us!

लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०८ : ०२ मा प्रकाशित

लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने

-कोरोना श्वासप्रश्वासमा जटिलता ल्याउने भाइरस हो, जुन मुखबाट निस्किने छिटाबाट एक-अर्कामा प्रसार हुन्छ । बोल्दा, हाछ्युँ गर्दा, थुक्दा निस्किने छिटा नै भाइरस सर्ने मुख्य माध्यम हुन् ।

-लामखुट्टेबाट कोरोना सर्ने सम्भावना अति न्यून रहेको विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार लामखुट्टेको र्‍याल उत्पादन गर्ने ग्रन्थिमा भाइरस पुगेको अवस्थामा मात्र यस्तो सम्भावना रहन्छ ।

कोरोना भाइरस लामखुट्टेमार्फत प्रसार नहुनेमा विज्ञहरू विश्वस्त देखिन्छन् । कुनै प्रमाणविना धारणा बनाउनु गलत हुने विश्व स्वास्थ्य संगठनले प्रस्ट पारेको छ ।

- विज्ञहरूको भनाइमा लामखुट्टेले कोरोना सार्ने अवस्था असामान्य हो । र, एकदमै जटिल प्रक्रिया पनि हो ।

-हालसम्मको अध्ययनअनुसार लामखुट्टेले डेंगु, चिकनगुनियालगायत भाइरस मानिसको शरीरमा सार्छ । किनकि, ती भाइरस लामखुट्टेको र्‍याल ग्रन्थिमा हुन्छन् ।

-गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढिरहेका वेला कोरोना सर्ने त्रास पनि बढ्दो छ । तर, विज्ञहरूले यतिवेला लामखुट्टेबाट कोरोनाको नभई अन्य संक्रमणको जोखिमतर्फ सजग रहन सुझाएका छन् ।

-विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टेले कोरोना भाइरस सारेको प्रमाण अहिलेसम्म कतै फेला परेको छैन ।

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि हालै लामखुट्टेबाट कोरोना सर्ने भ्रममा नरहन सबैमा अपिल गरेको छ । बरु, मलेरिया, डेंगुलगायत रोग सार्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न मन्त्रालयले आग्रह गरेको छ ।

-एचआइभी, इन्फ्लुएन्जा, हर्पेसजस्ता भाइरस पनि लामखुट्टेको टोकाइबाट मानिसमा सर्दैनन् । त्यसरी नै कोरोना भाइरस पनि लामखुट्टेमार्फत प्रसार नहुनेमा विज्ञहरू विश्वस्त देखिन्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको