Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्स, मागे धितोपत्र बोर्डसँग अनुमति

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १३ : ३४ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्स, मागे धितोपत्र बोर्डसँग अनुमति

लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन्। दुवै वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आफ्नो-आफ्नो ऋणपत्र ल्याउने तयारी गरेका हुन्।

लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर–२०९२’ जारी गर्न अनुमति मागेको छ। अनुमतिपछि बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यस ऋणपत्रको अवधि १० वर्षको हुनेछ र लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल रहेको छ।

त्यस्तै, आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ जारी गर्न अनुमति मागेको छ। अनुमतिपछि कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यसको अवधि ७ वर्षको हुनेछ र लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। यसको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको