Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनी -  बढ्यो खुद नाफा, रिलायबल नेपाल सबैभन्दा अगाडि  हुँदा बृद्धिदरमा सन नेपाल लाइफ

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १२ : २७ मा प्रकाशित

जीवन बीमा कम्पनी -  बढ्यो खुद नाफा, रिलायबल नेपाल सबैभन्दा अगाडि  हुँदा बृद्धिदरमा सन नेपाल लाइफ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको कुल खुद नाफा २.५१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीहरूले प्रकाशित गरेका वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले यस अवधिमा जम्मा १ अर्ब ९७ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन्।

गत वर्षको सोही अवधिमा उनीहरूले १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। मुनाफा आर्जनका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पहिलो, भने व्यवसाय वृद्धिदरका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। अभिकर्तालाई सक्रिय बनाउँदै सञ्चालन व्यवस्थापनमा सुधार ल्याउन सफल भएकाले समग्र क्षेत्रको नाफामा वृद्धि भएको छ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफले सबैभन्दा धेरै २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.६५ प्रतिशत वृद्धि हो । दोस्रो स्थानमा रहेको सन नेपाल लाइफको नाफा ४४.०२ प्रतिशतले बढेर १६ करोड ६१ लाखबाट २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहँदै यसको नाफा ४.९४ प्रतिशतले बढेर २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यस्तै, असोज मसान्तसम्म आइएमई लाइफले १५ करोड ८३ लाख, एशियन लाइफले १५ करोड २५ लाख, सानिमा रिलायन्सले १४ करोड ९६ लाख, नेशनल लाइफले १४ करोड ८ लाख, र सिटिजन लाइफले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

सूर्यज्योति लाइफले १२ करोड ८० लाख, हिमालयन लाइफले १२ करोड ७७ लाख, एलआइसी नेपालले १० करोड ८३ लाख, मेट लाइफले ९ करोड ७१ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ नाफा कमाएका छन्।

वृद्धिदरका आधारमा अग्रस्थान

गत वर्षको तुलनामा सबैभन्दा उच्च वृद्धिदर सन नेपाल लाइफ इन्स्योरेन्सले हासिल गरेको छ । जसको नाफा ४४.०२ प्रतिशतले बढेको छ। दोस्रो स्थानमा एलआइसी नेपाल ३७.४७ प्रतिशत वृद्धि साथ रहेको छ भने तेस्रो स्थानमा रिलायबल नेपाल लाइफ २९.६५ प्रतिशत नाफा वृद्धि सहित रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको