Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टले साधारणसभा बोलायो, बोनस तथा नगद लाभांश एजेण्डामा

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, ०८ : ०६ मा प्रकाशित

शिवम् सिमेन्टले साधारणसभा बोलायो, बोनस तथा नगद लाभांश एजेण्डामा

शिवम् सिमेन्ट लिमिटेडले आगामी मङ्सिर २५ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आफ्नो साधारणसभा गर्ने भएको छ। कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार मुनाफा वितरणदेखि लेखापरीक्षक नियुक्तिसम्मका महत्वपूर्ण एजेण्डा सभामा पेस गर्ने जनाएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हालको चुक्ता पूँजीको २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १० प्रतिशत नगद लाभांश गरी कुल १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव AGM मा पेस गर्न लागेको हो। साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो लाभांश प्राप्त गर्नेछन्।

साधारणसभाका लागि मङ्सिर ११ गते बुक क्लोज मिति तोकिएको छ। यसअनुसार मङ्सिर १० गतेसम्म नाम दर्ता भएका सेयरधनीले मात्र सभा तथा लाभांशमा सहभागी हुने अधिकार पाउनेछन्।

कम्पनीले साधारणसभामा राख्ने प्रमुख प्रस्तावहरूमा वार्षिक प्रतिवेदन पारित, वित्तीय विवरण अनुमोदन, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति, बोनस तथा नगद लाभांश स्वीकृति, सम्बन्धित पक्षसँगका कारोबार अनुमोदन, रिक्त पदको संचालक नियुक्ति स्वीकृति तथा अन्य विविध विषय समेटिएका छन्।

विशेष प्रस्तावअन्तर्गत कम्पनीले २.५० प्रतिशत बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पूँजीमा हुने परिवर्तनअनुसार प्रवन्ध–पत्र (मेमोरान्डम) संशोधन गर्ने विषय  पेस गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको