Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्काशन गर्दै हिमालयन इनर्जी, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १६ : ०६ मा प्रकाशित

आईपीओ निष्काशन गर्दै  हिमालयन इनर्जी, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक निष्काशन (आईपीओ) का लागि बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

हिमालयन इनर्जी लिमिटेडले दोलखा जिल्ला, कालिन्चोक–१, थामी गाउँमा ‘कालिन्चोक जलविद्युत आयोजना’ निर्माण गर्दै आएको छ, जसको क्षमता ३ मेगावाट रहेको छ।

२०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड (५,००,००० कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत अर्थात् १० लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको छ। सोही निष्काशन प्रक्रिया व्यवस्थापन तथा अघि बढाउने जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ। कालिन्चोक आयोजनासँगै, हिमालयन इनर्जी लिमिटेडले सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने दीर्घकालीन रणनीति अघि बढाएको छ। कम्पनीले ऊर्जा उत्पादन तथा लगानी क्षेत्रको दिगो विस्तारमार्फत राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने र आयोजना समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा सहभागिता बढाउने लक्ष्य राखेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको