सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गर्न निर्णय गरेको छ । सरकारले संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन समेत गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति बनाएको हो । सरकारले लामो समयदेखि उठ्दै आएको ‘नेप्से सुधार’ सम्बन्धी आवश्यकता, बजार विस्तार, प्राविधिक सुदृढीकरण तथा नियमन–व्यवस्थापनको संरचनामा पुनःसंरचना आवश्यक ठहर गर्दै यसपटक औपचारिक रूपमा अध्ययन प्रक्रिया अघि बढाएको जनाएको छ ।
समिति गठनसँगै नेप्सेको संस्थागत स्वरूप, दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजारको समग्र शासन प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार संरचना पुनःनिर्माणको सम्भावनाबारे प्रतिवेदन तयार पारिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस