एनपिएल क्रिकेट अन्तर्गत आजको खेलमा निकै खराब सुरुवात गरेको सुदूरपश्चिम रोयल्सले सम्मानजनक योगफल खडा गरेको छ । सुरुवाती ३ विकेट मात्रै ४ रनमा गुमाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रनको योगफल खडा गरेको हो ।
योसँगै काठमान्डू गुर्खाजले १४८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण पारी खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।
बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस