नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अकंले बढेर २५६६.०७ बिन्दुमा बन्द भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोडको सेयर कारोबार भएको हो ।
आज १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले सेयर मूल्य बढेको छ । मंगलबार २०७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बरुण हाइड्रोको १५ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एभरेष्ट बैंक डिबेञ्चर २०९१ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस