अर्थ संसार, काठमाडौं – सरकारले लकडाउनलाई खुकुलो गर्ने तथा यो विषम परिस्थितिमा SEE परीक्षाको परिणाम Test Exam को आधारमा निकाल्ने स्वागत योग्य निर्णय गरेको छ ।
लकडाउन खुकुलो गर्नुको अर्थ संक्रमण नियन्त्रण भएको हैन । लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढ्नेछ । तसर्थ हामी नागरिकहरु थप सतर्क भएर आफ्ना काम गर्नुपर्दछ । सबैले मास्कको अनिवार्य प्रयोग, भौतिक दुरी कायम , हात धोइरहने तथा भीडभाडमा नजाने मन्त्रलाई अत्यन्तै जिम्मेवार भएर अपनाउनु पर्दछ । हामीले लापरबाही गरेर संक्रमण बढेमा फेरी लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ | तसर्थ हामी अत्यन्तै अनुशासित हुनेछौँ ।
सरकारले आफ्नो निर्णय १०० % कार्यान्वयन गराउन अझ धेरै कडाइका साथ निरन्तर अनुगमन गर्नुपर्दछ । लकडाउन खुकुलो गरेको चरण पालना गराउन सरकार अझै सक्रिय हुनुपर्दछ । लकडाउन गर्नु भन्दा खोल्नु जोखिमयुक्त काम भएकोले यसको पालना गराउँदा सम्झौताहीन बन्नुपर्दछ । PCR टेस्टको दायरा धेरै बढाउनु पर्दछ ।
हामी सबैले बुझ्नुपर्दछ कि कोरोना संक्रमणको खोप बनेको छैन, औषधि बनेको छैन । सानो लापरबाहीले हाम्रो परिवार, आफन्त तथा समुदायमा गम्भीर असर पर्न सक्छ ।
सुरक्षित रहौं, आफ्नो काम गरौँ, कार्यस्थललाई कोरोनामुक्त बनाउन सबै उपाय अबलम्बन गरौँ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस