अर्थ संसार, काठमाडौं – अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद शेयर जारी गर्न रेटिङ गराएको हो । तसर्थ कम्पनीले हालसम्म हकप्रद शेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिइसकेको छैन । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद शेयर निष्कासन गर्नेछ ।
त्यस्तै, हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ३० लाख १२ हजार रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस