Like us!
Follow us!
Connect us!
Watch us!
डा. शरोजप्रशाद ओझा

लकडाउन, एन्जाइटी र व्यवस्थापन

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, १८ : १२ मा प्रकाशित

लकडाउन, एन्जाइटी र व्यवस्थापन

  • डा शराेजप्रशाद ओझा

अर्थ संसार, काठमाडौं । कोरोना भाइरसको माहामारीका कारण बढ्दै गइरहेको लकडाउनले धेरै मानिसहरु मानसिक रुपमा कमजोर महशुस गरिरहेका छन् । पहिलेदेखि नै एन्जाइटी एवं डिप्रेसनसँग जुधिरहेका मानिसहरुलाई लकडाउनले झनै गाह्रो महशुस गराएको छ ।

लामोसमयसम्म कुनै कुराको चिन्ता लिइरहँदा मानिस एन्जाइटीको सिकार हुन पुग्छन् । त्यसमाथि लकडाउनले दैनिक जिवनयापन पद्यतीलाई पुर्णरुपमा परिवर्तन गरिदिएको छ ।

यसकारण धेरै मानिसहरुलाई एन्जाइटी बढेको छ भने केहिलाई सहज पनि भएको छ । कतिपयँ मानिसमा कोरोना भाइरसकै एन्जाइटी समेत बढेको छ ।

सुरुमा एन्जाइटीलाई बुझौं । एन्जाइटी एक किसिमको गाह्रो महशुस हुनु हो । जस्तैकी एक्कासी आँखा अगाडी कुनै दुर्घटना देख्दा हामीलाई एन्जाइटी हुन्छ । यसक्रममा मुटुको गति बढ्ने, स्वासप्रश्वास छिटोछिटो चल्ने जस्ता लक्षण देखापर्छन् ।

तर, यसबाहेक अर्काे किसिमको एन्जाइटी जुन लामो समयसम्म रहन्छ, र यसबाट उम्कन गाह्रो पर्छ । जस्तैकी लगातार ६ महिनाभन्दा बढी समयसम्म एउटै कुराको प्रतिको त्रास बढ्दै गयो भने यसले एन्जाइटीलाई गाढा बनाउँदै लैजान्छ ।
सामान्य एन्जाइटी लगभग सबैजसो मानिसलाई हुन्छ नै । यसबाहेक विश्वभर करोडौं मानिसहरुलाई केहि लामोसमयसम्मको एन्जाइटी पनि हुन्छ । 

कसरी हुन्छ एन्जाइटी

जब मानिस धेरै आत्तिदै जान्छ अथवा एन्जाइटी बढी हुन्छ । त्यसक्रममा हाम्रो शरिरमा ‘एड्रिनालीन र कोर्टिसल’ हर्माेन उत्पन्न हुन्छ । ‘एड्रिनालीन र कोर्टिसल’का कारण मुटुको गति, ब्लड प्रेसर बढ्ने गर्छ । यी हर्माेन र हाम्रो अधिक डरका विरुद्ध शरिरले सकारात्मक हुन खोज्दै शारिरिक र मानसिक प्रतिक्रिया जनाउँछ । ती प्रतिक्रिया नै एन्जाइटीका लक्षण हुन् ।

  • स्वास फेर्न गाह्रो र स्वास छोटो हुने

  • टाउको, छाति दुख्ने

  • हात, खुट्टा झमझमाउने

  • निद्रा कमपर्ने भोक कमलाग्ने

  • खाएको खाना अपच हुने 

  • मन अनियन्त्रित हुने

यस्ता लक्षणहरु सामान्य रहेको मानोविद्हरु बताउँछन् । एन्जाइटीले नत कुनै मानसिक समस्या गराउन र नकूनै शाररिक समस्या गारउने मानोविद्हरु बताउँछन् ।

लक्षणहरु भनेका एन्जाइटीलाई कम गराउन सकारात्मक रुपमा आएका शारिरिक प्रतिक्रिया हुन् । तर, लक्षणदेखिएसँगै झनै आत्तिँदा एन्जाइटी झन बढ्छ र फेरि ‘एड्रिनालीन र कोर्टिसल’ उत्पन्न हुन थाल्छ । जस्ले फेरि शरिरमा उहीँ लक्षण देखाउँछ ।

यो प्रकृयालाई अथवा एन्जाइटीको अनुक्रमलाई भाँचेर फेरि सामान्य अवस्थामै फर्किन सकिन्छ । तर, त्यसका लागि मनलाई सकारात्मक बनाउँनु पर्छ ।


केहीलाई एन्जाइटीकै कारण स्वास छोटो भएको महशुस भएर अस्पताल जाने अवस्था समेत आउँने गर्छ । तर, अस्पतालमा चेकजाँच गर्दा सबै कुरा सामान्य देखिन्छ ।

एन्जाइटीका कारण शरिरका विभिन्न भागमा अंगमा विभिन्न किसिमका महशुस हुनेगर्छन् । यसको कारण बाहिरी कुराहरुलाई छोडेर आफुभित्र केन्द्रित हुनु हो । त्यसकारण आफुभित्रबाट बाहिर उम्किन सक्दा एन्जाइटी आफै कम हुन जान्छ ।

तर, लामो समयसम्मको एन्जाइटीले शरिर र मन दुवैमा छाप बसाली सकेको हुन्छ । हरेक दिन एउटै पहिलाको दिनको लक्षणहरुलाई महशुस गर्दै जाँदा एन्जाइटी भएको व्याक्तिले हरेकदिन लक्षण महशुस गर्नु र आत्तिनु लामो समयसम्म सामान्य दैनिकी भइसकेका हुन्छ ।

जसकारण १ या २ दिनकै सोचाइमा ल्याएको परिवर्तले लामो समयसम्मको एन्जाइटी हट्दैन् । सकारात्मक सोचाइ मात्रैले शारिरक रुपमा हुने विभिन्न महशुसहरुलाई पनि परिवर्तन गराउँन सक्दैन, त्यसकारण शारिरिक व्यायाम पनि एन्जाइटीबाट उन्मुलुन हुन आवश्यक पर्छ ।

स्विकार गर्ने

सबैभन्दा पहिला त आफेनो समस्यालाई स्विकार गर्नुपर्छ । अर्थात की मलाई एन्जाइटी छ । म मात्र हैन संसारका करोडौं मानिसालई एन्जाइटी  छ, यो ठूलो समस्या हैन म यसबाट उम्किन सक्छु भन्ने सोचको विकास गर्नुपर्छ ।

सोच र महशुस परिवर्तन

प्रत्येक दिन पहिलाकै दिनको लक्षणहरु महशुस गर्नु एक गलत पक्ष हो । त्यसकारण प्रत्येक दिनको आफ्नो दैनिकी परिवर्तन गर्ने । हरेकदिन गर्ने कामहरु परिवर्तन गर्दा हरेक दिन नयाँ सोच आउँछ जस्ले पुरानो दिनको लक्षण बिसिर्न मद्दत गर्छ ।

त्यस्तै शरिरमा हुने महशुसबाट उम्किने आफु बाहिरको वातावरणमा ध्यान लगाउनु पर्छ । अर्थात हात र खुट्टा झमझम हुँदा एन्जाइटीको कारण हो केहि हुँदैन भन्ने र बाहिरी वातावरणमा भएका कुराहरुको अवलोकन गर्ने ।

शारिरिक व्यायाम

लामो समयसम्मको एन्जाइटीले शरिरलाई असन्तुलित बनाएको हुन्छ । सन्तुलन बनाउँनका लागि दैनिक रुपमा अभ्यास अत्यन्तै जरुरी हुन्छ । अभ्यासले नै शरिरमा उत्पन्न भएका एन्जाइटी हर्माेनलाई हटाउँछ र खुसी र साहसी हर्माेन उत्पन्न गराउँछ ।

योग र मेडिटेसनले पनि सोचको चाप हटाउँन र एन्जाइटीबाट मुक्त हुन मद्दत गर्छ । त्यस्तै स्वास फेर्न अभ्यास जस्तै की ४ सेकेण्डसम्मम स्वास तान्ने, ४ सेकेण्डसम्म रोक्ने र फाल्ने गर्नाले शरिर र मनलाई शान्त बनाउँछ ।

सन्तुलित खाना

एन्जाइटीका कारण शरिरकै थुप्रै शक्ति ह्रास भइरहेको हुन्छ । दैनिक खाने खानामा कमी अथवा असन्तुलित खानाले पनि एन्जाइटीलाई बढाउँछ । त्यसकारण फलफुल, हरियो सागसब्जी, र सन्तुलित खाना खानुपर्छ ।

बाहिर र अरुसँग समय बढी बिताउनु

एन्जाइटीको अवस्थामा मन पूर्णरुपमा भित्रि द्धन्द्ध गरिरहेको हुन्छ । एक्लै बस्दा विभिन्न लक्षणहरु देखिएको बढी महशुस हुन्छ । मन शान्त हुँदैन ।
तर, बाहिरी वातावरणमा साथी, आफन्तहरुसँग बढी कुरा गर्दा र घुमिलहूँदा मन गलत सोच्न पाउँदैन र एन्जाइटी कम हुँदै जान्छ ।

यी सबै एन्जाइटीबाट प्राकृतिक रुपमै निको हुने तरिकाहरु हुन् । एक पटक एन्जाइटीलाई बुझीसकेपछि एन्जाइटी सामान्य लाग्दै जान्छ ।

धेरै जसोलाई आफ्नो मानसिक समस्याहरु कसैसँग भन्न नसक्दा पनि स्ट्रेस बढ्न सक्छ । तर, आफ्नो मिल्ने व्याक्तिसँग सबै कुराहरु सेयर गरेर एन्जाइटीलाई निर्मुल पार्न सकिन्छ ।

एउटा स्मरणिय कुरा के भने एन्जाइटीका कारण कुनै पनि शारिरक रोगहरु लाग्दैन र मानसिक कमजोरी पनि हुँदैन । लक्षणहरुको महशुस हुँदा ती लक्षणहरु सबै क्षणिक र महशुस गरिएका मात्रै हुन् भनेर बुझ्नुपर्छ ।

(डा. ओझा त्रिभुवन शिक्षण अस्पताल माहाराजगञ्जका मानसिक स्वास्थ्य विभागका प्रमुख हुन् )
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको