Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा शुल्क लकडाउन खुलेपछि बुझाउन सकिने, यस्ताे छ बीमा समितिकाे निर्णय

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०७ : ५२ मा प्रकाशित

जीवन बीमा शुल्क लकडाउन खुलेपछि बुझाउन सकिने,  यस्ताे छ बीमा समितिकाे निर्णय

अर्थ संसार, काठमाडौं । बीमा समितिले जीवन बीमाको बीमा शुल्क लकडाउन खुलेपछि बुझाउँन सकिने नयाँ निर्णय गरेको छ ।  जीवन बीमाको शुल्क बुझाउने म्याद जेठ २८ सम्म मात्रै रहेको थियो ।

कोरोना भाइरसको माहामारीका कारण चैत ११ बाट देशभर बन्दाबन्दीले बीमाको शुल्क बुझाउन समेत समस्या भएको थियो । यसबीच बीमा समितिले लकडाउन अवधिभर जुनसुकै बेला पनि शुल्क बुझाउन सकिने निर्णय गरेको हो । 

समितिले नयाँ निर्देशन जारी गर्दै जीवन बीमा गरेका बीमितहरुलाई लकडाउन अवधिभर र लकडाउन अन्त्य भएको थप १५ दिनसम्म शुल्क बुझाउन सकिने जनाएको छ  । अर्थात लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म जीवन बीमा शुल्क बुझाउँदा थप जरिवना तथा ब्याज तिर्नु पर्ने छैन् ।

 समितिले त्यसका लागि सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिको यस्तो निर्देशनसँगै अब चैत्र ११ गते यता बीमा शुल्क तिर्नुपर्ने कारणबाट म्यान नाघेका बीमा पोलिसीहरु समेत वैधानिक हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको