अर्थ संसार, काठमाडौं - नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ७१औँ वार्षिक साधारण सभा आज (असार ५ गते, शुक्रबार) कम्पनीकाे पुरानाे भवन, कमलादी, काठमाडाैंमा सम्पन्न भएकाे छ ।
सभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बाेनस शेयर र २.८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा पेश गरिएकाे आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।
त्यस्तै, हाल १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा पाँच प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस