अर्थ संसार, काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएकाे छ । बाेर्डले हिजाे (असार ७ गते, आइतबार) आइपीओ निष्कासनको लागि अनुमति दिएकाे हाे ।
संस्थाले हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने संस्थाले जनाएकाे छ । संस्थाको आइपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ दिएको छ । आइपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी रहेकाे संस्थाले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस