Like us!
Follow us!
Connect us!
Watch us!

स्थगित साधारणसभा डाक्यो सप्तकोशी डेभलपमेन्ट बैंकले, शेयरधनीको हातमा बोनश शेयर मात्रै

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, ०८ : ०४ मा प्रकाशित

स्थगित साधारणसभा डाक्यो सप्तकोशी डेभलपमेन्ट बैंकले, शेयरधनीको हातमा बोनश शेयर मात्रै

अर्थ संसार, काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे असार ८ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १२औं वार्षिक साधारण सभा असार २१ गते आइतबार उद्योग संगठन मोरङ, तिनपैनी, विराटनगरमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । यसअघि पनि चैत्र ३० गते आइतबार उद्योग संगठन मोरङ, विराटनगरमा गर्ने भनिएकाे सभा लकडाउनले गर्दा स्थगित भएकाे थियाे ।

यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यस्तै, सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने विशेष एजेन्डा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ef169775509a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको