Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, ०८ : ४२ मा प्रकाशित

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ । जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले उपत्यकाकाे विभिन्न ठाउँमा विद्युत् काटिन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशन गर्दै बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरीत लाइन काटिने भएकाे जानकारी दिएकाे छ ।

नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हाे ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको